असार २८, २०८२ शनिबार July 12, 2025

कंगोमा भागदौड हुँदा ११ जनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः दक्षिण कोरियामा भागदौडमा १५० भन्दा बढी मानिसको मृत्युका कारण विश्व समुदाय स्तब्ध भइरहेका बेला यस्तै घटना प्रजातान्त्रिक गणतन्त्र कंगोमा दोहोरिएको छ ।

राजधानी सहर किन्सासाको एउटा रंगशालामा भएको एउटा कन्सर्टमा भागदौड हुँदा २ प्रहरी अधिकारीसहित ११ जनाको मृत्यु भएको छ ।

८० हजार दर्शक क्षमता भएको शहिद रंगशालामा उक्त घटना भएको गृहमन्त्री डेनियल एस्लो ओकिटोले बताए । ‘दुुई प्रहरीसहित ११ जनाको मृत्यु भएको छ’, गृहमन्त्री ओकिटोले भने । क्षमताभन्दा बढी दशर्कका कारण उक्त दुुर्घटना भएको जनाइएको छ ।

‘आयोजकहरुले क्षमताभन्दा शतप्रतिशत दर्शक राखेको पाइएको छ ।  उनीहरुलाई सजाय दिनुुपर्छ’, ओकिटोले भने । अक्टोबरमा रंगशालामा भागदौड भएको यो दोस्रो घटना हो । यसै महिनाको सुुरुमा इन्डोनेसियाको जाभा प्रान्तमा भागदौड हुँदा १२५ जनाको मृत्यु हुनुका साथै केही घाइते भएका थिए । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया