असार २८, २०८२ शनिबार July 12, 2025

पाउल पेलोसीमाथि हमला: न्यान्सीलाई पनिअपहरण गर्न खाेजकाे आरोप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अमेरिकी वरिष्ठ राजनीतिज्ञ न्यान्सी पेलोसीलाई अपहरण गर्ने प्रयास गरेको र उनका श्रीमानमाथि कुटपिट गरेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरिएको छ । एक ४२ वर्षीय व्यक्तिलाई शुक्रबार बिहानै पेलाेसी दम्पतीको सान फ्रान्सिस्कोको घरमा पसेर  ८२ वर्षीय पाउल पेलोसीलाई हथौडाले आक्रमण गरेका थिए ।

घरभित्र पसेपछि उनी न्यान्सीलाई खोजेका थिए । वरियताक्रममा  राष्ट्रपतिपछि दोस्रो स्थानमा रहेकी पेलोसी उक्त समय देशको अन्य भागमा थिइन् ।

आक्रमणको कारणबारे थप अनुसन्धान भइरहेको छ । उक्त हमला सुनियोजित भएको प्रहरीले जनाएको छ । सोमबार उनीमाथि संघीय कानुन उल्लंघन गरेको आरोप लागेको छ । उनी दोषी ठहर भएमा ३० वर्षको जेल सजाय हुन सक्ने प्राप्त विवरणहरूमा जनाइएको छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया