काठमाण्डौंः इरानमा करिब १ हजार जनालाई सरकारविरोधी प्रदर्शनका सम्बन्धमा अभियोग लगाइएको छ । केही सातादेखि भएको सरकारविरोधी प्रदर्शनले इरानको जनजीवन प्रभावित भएको छ । सुरक्षा गार्डको हत्या र आगजनी सहित “तोडफोडका कार्यहरू“को आरोपमा उनीहरुमाथि मुद्दा चलाइएको थियो ।
सरकारी अधिकारीहरूले राष्ट्रव्यापी रूपमा कति जनालाई गिरफ्तार गरेका छन् भन्ने खुलाएका छैनन्, तर अधिकारकर्मीहरूले कुल १४ हजार जनालाई पक्राउ गरिएको दाबी गरेका छन् ।
सुरक्षाकर्मीले हत्या गरेका दुई किशोर प्रदर्शनकारीलाई उत्तरपूर्वी इरानमा गाडिएपछि अधिकारकर्मीहरुको यस्तो घोषणा आएको हो । कुर्दिश मानवअधिकार समूह हेंगाका अनुसार १६ वर्षीय कुमार दारोफ्तेहलाई पिरानशहर सहरमा भएको प्रदर्शनमा नजिकैबाट गोली प्रहार गरिएको थियो र आइतवार राति अस्पतालमा उनको मृत्यु भएको थियो ।
सोमबार उनको अन्त्येष्टिमा सहभागीहरुले सरकारविरुद्ध नाराबाजी गरेका थिए । दक्षिणमा सनन्दज सहरमा अर्को भीड १६ वर्षीय सरिना साईदीको अन्तेष्टिमा भेला भएको थियो । उनको पनि सुरक्षाकर्मीको गोली लागेर मृत्यु भएको प्रदर्शनकारीले बताएका छन् । तर, सरिनाका बुबाले सुरक्षा बललाई जोगाउन उनको मृत्यु आत्महत्याका कारण भएको भन्न बाध्य पारेका थिए । एजेन्सी
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया