असार २८, २०८२ शनिबार July 12, 2025

बाइडेनले अमेरिकामा ५४ राज्य भनेपछि…

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अमेरिकी राष्ट्रपति जो बाइडेन फेरि एकपटक आफ्नो गफका कारण सामाजिक सञ्जालमा चर्चाको विषय बनेका छन् । यस पटक ७९ वर्षीय राष्ट्रपतिले  दावी गरे कि उनले ओबामाकेयरको रक्षा गर्न सन् २०१८ मा ‘५४ राज्यमा’ अभियान चलाएको बताएका छन् ।

उनले शुक्रबार ‘पेन्सिलभेनिया डेमोक्रेटिक पार्टी रिसेप्शन’मा सम्बोधनका क्रममा यस्तो भनाइ राखेका थिए । आफ्नो भाषणको क्रममा बाइडेनले दाबी गरे कि ट्रम्पले ओबामाकेयरलाई प्रतिस्थापन गर्न अभियान चलाएका थिए तर डेमोक्र्याटहरूले ट्रम्पको अभियानलाई सफल हुन नदिन सन् २०१८ मा कडा अभियान चलाए ।

अमेरिकी राष्ट्रपतिले आफ्नो भाषणमा भने, ‘ निस्सन्देह, तिनीहरू आफ्नो ४९९औं पटक प्रयास गर्दैछन्, वा संख्या जे होस् तिनीहरू अझै पनि सस्तो हेरचाह ऐन हटाउन कटिबद्ध छन् । र, यदि तिनीहरू गरे भने मजाक होइन ।

सम्बोधनका क्रममा उनले अगाडि भने, ‘तसर्थ सन् २०१८ मा यसलाई हामीले हरायौँ । हामी ५४ राज्यमै पुुग्यौँ । ’ उनले सम्बोधन गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । अमेरिकामा ५० राज्य छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया