श्रावण ६, २०८२ मंगलबार July 22, 2025

विश्वकप फुटबलमा सीजीको अफर, साढे १५ हजारमै स्मार्ट टिभी र इन्टरनेट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः  इन्टरनेट तथा आईपी टिभी सेवा प्रदायक सीजीनेटले सीजी डिजिटलसँगकाे सहकार्यमा नयाँ अफर ल्याएको छ । नजिकिँदै गरेको विश्वकप फुटबलको उपलक्ष्यमा कम्पनीले ‘फुटबल टु दी हाेम’ अर्थात् सीजी एफटीटीएच अफर ल्याएको हो । यसअन्तर्गत सस्ताे मूल्यमा स्मार्ट टिभी र इन्टरनेट सेवा दिइने कम्पनीले जनाएकाे छ ।

कम्पनीले इन्टरनेटका विभिन्न तीन ओटा प्याकेज ल्याएको छ । ‘स्प्रिन्टर प्लस प्याकेज’ अन्तर्गत ग्राहकले १३० एमबीपीएस गतिको इन्टरनेट पाउनेछन् । यो प्याकेज वार्षिक रुपमा खरिद गर्दा नाै हजार ५८८ रुपैयाँ पर्छ, जसकाे मासिक दर ७९९ रूपैयाँ हुन आउँछ । त्यस्तै एक महिनाका लागि मात्रै प्याकेज खरिद गर्दा ९४० रुपैयाँ र तीन महिनाका लागि खरिद गर्दा दुई हजार ६८५ रुपैयाँ शुल्क तोकिएको छ ।

कम्पनीले ल्याएको ‘पपुलर प्रो प्याकेज’ मा २५० एमबीपीएस गतिको इन्टरनेट प्राप्त गर्न सकिनेछ । यो प्याकेज वार्षिक रुपमा लिने ग्राहकले १२ हजार ५९२ रुपैयाँ तिर्नुपर्ने छ, जसकाे मासिक दर एक हजार ९९ रूपैयाँ हुन आउँछ । त्यस्तै तीन महिना र एक महिनाको प्याकेज लिने ग्राहकले क्रमशः तीन हजार ५६४ र एक हजार २६० रुपैयाँ तिर्नुपर्ने छ ।

कम्पनीले ‘रकस्टार म्याक्स’ नामको ३५० गतिको अर्काे इन्टरनेट प्याकेज ल्याएको छ । यो प्याकेज १५ हजार ५९३ रुपैयाँमा एक वर्षका लागि खरिद गर्न सकिन्छ, जसकाे मासिक दर १२ सय ९९ रूपैयाँ हुन आउँछ । तीन महिना र एक महिनाको प्याकेजको शुल्क क्रमशः चार हजार २१९ रुपैयाँ र एक हजार ६०९ रुपैयाँ तोकिएको छ ।

त्यस्तै तीन महिना वा एक वर्षको कुनै पनि इन्टरनेट प्याकेज लिने ग्राहकले मासिक १०० रुपैयाँ (करबाहेक) मा आईपीटिभी सेवा लिन सक्नेछन् ।

यसैबीच, चाडपर्वको मौसम सकिएपछि पनि सीजीनेटले सीजी डिजिटलसँगको सहकार्यमा ग्राहकहरूलाई पुनः सीजी एफटीटीएच अफर प्रदान गर्ने जनाएको छ । यसअन्तर्गत ग्राहकले १५ हजार ४९९ रूपैयाँ ३२ इन्चको सीजी स्मार्ट टिभी र २५ हजार ९९९ रूपैयाँमा ४३ इन्चको सीजी स्मार्ट टिभी प्राप्त गर्न सक्नेछन् ।

टिभी खरिदसँगै ग्राहकले स्वचालित रूपमा तीन महिनाको इन्टरनेट ट्रायल प्राप्त गर्नसक्ने कम्पनीले जनाएको छ । साथै, पहिल्यै सीजीनेटको इन्टरनेट लिएका ग्राहकले १५ हजार रूपैयाँमा ३२ इन्चको सीजी स्मार्ट टिभी र र २५ हजार रूपैयाँमा ४३ इन्चको सीजी स्मार्ट टिभी प्राप्त गर्न सक्नेछन् ।

त्यस्तै कम्पनीले ३० एमबीपीएसदेखि ३०० एमबीपीएससम्मका पाँच नयाँ एसएमई (साना तथा मझाैला व्यवसायी) प्याकेजहरू प्रस्तुत गरेको छ, जसमा ग्राहकले कुनै एफयूपी बिना स्थिर गतिमा इन्टरनेट ब्राउज गर्नसक्ने जनाइएकाे छ । यसअन्तर्गत ग्राहकले सब्सक्राइब गरेको इन्टरनेटभन्दा तीन गुणा धेरै गति पाउने र तार र जडान सेवाकाे कुनै शुल्क नलाग्ने कम्पनीले जनाएको छ । टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमालेको सक्रिय राजनीतिमा फर्किएँ, पछि हट्दिनँ : पूर्वराष्ट्रपति भण्डारी
२०८२ श्रावण ६, मंगलबार
प्रधानमन्त्रीसँग चीनको अन्तरर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्षको भेट
२०८२ श्रावण ६, मंगलबार
गण्डकीका मुख्यमन्त्री पाण्डे एकसाताका लागि चीन प्रस्थान
२०८२ श्रावण ६, मंगलबार
श्रमिकको न्यूनतम पारिश्रमिकमा वृद्धि
२०८२ श्रावण ६, मंगलबार
गठबन्धन सरकार फरक मतबीचको साझा मतबाट सफल हुन्छ : महामन्त्री विश्वप्रकाश शर्मा
२०८२ श्रावण ६, मंगलबार
पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा फर्किन नहुने एमाले नेताहरूको धारणा
२०८२ श्रावण ६, मंगलबार
राष्ट्रपतिबाट भू-ढकान नक्सा सार्वजनिकीकरण
२०८२ श्रावण ६, मंगलबार