काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले आज (बिहीबार) देखि दैनिक भेटघाट अनिश्चित कालको लागि स्थगित गरेका छन्।
विश्वव्यापी महामारीको रुपमा फैलिँदै गएको कोरोना भाइरस (कोभिड-१९) को कारण प्रचण्डले आजदेखि अत्यावश्यक अवस्था बाहेकका सबै भेटघाट रोकेका हुन्।
अध्यक्ष प्रचण्डलाई भेट्न दैनिक ठूलो संख्यामा नेकपाका नेता, कार्यकर्ता र सर्वसाधारण उनको निवास पुग्ने गरेका छन्।
तर, आजदेखि भने अत्यावश्यकबाहेकका सबै भेटघाट बन्द गरिएको प्रचण्डको निजी सचिवालय प्रमुख समेत रहेकी छोरी गंगा दाहालले जानकारी दिइन्।
‘आजदेखि उहाँले अत्यावश्यक कामबाहेक सबै भेटघाट रोक्नु भएको छ,’ दाहालले भनिन्, ‘सामान्य अवस्थामा जस्तो अब दैनिक भेटघाट हुने छैनन्।’
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया