श्रावण ६, २०८२ मंगलबार July 22, 2025

नेपाली बजारमा सस्तो मूल्यका रेड्मी फोन सार्वजनिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः चिनियाँ स्मार्टफाेन निर्माता साओमीले नेपाली बजारमा ‘ए’ सिरिजका रेड्मी स्मार्टफोन भित्र्याएको छ । कम्पनीले हालै ‘रेड्मी ए१’ र ‘रेड्मी ए१ प्लस’ सार्वजनिक गरेको हो । साओमीका अनुसार यी फाेनमा फास्ट इन्टरनेट कनेक्सन, उत्कृष्ट डिजाइन र परिस्कृत प्रविधि रहेको छ ।

दुवै फोनमा ६.५२ इन्चको रंगीन डिस्प्ले समावेश गरिएको छ । मिडियाटेक हेलियो ए२२ चिपसेट र एन्ड्रोइड १२ मा आधारित रेड्मी ए१ ब्ल्याक, लाइट ग्रीन, लाइट ब्लु गरी तीन फरक कलर भेरियन्टमा उपलब्ध छ । त्यस्तै ए१ प्लसमा सुरक्षाका लागि रियर फिंगर प्रिन्ट सेन्सर दिइएको छ ।

रेड्मी ए१ र रेड्मी ए१ प्लसमा ८ मेगापिक्सेलको डुअल एआई क्यामेरा रहेको छ । भने, सेल्फीका लागि ५ मेगापिक्सेलको क्यामेरा रहेको छ । कम्पनीका अनुसार २ जीबी र्‍याम र ३२ जीबी रोमयुक्त रेडमी ए१ ग्राहकले ११ हजार ९९९ रुपैयाँ र २ जीबी र्‍याम र ३२ जीबी रोमयुक्त रेड्मी ए१ प्लस १२ हजार ४९९ रुपैयाँमा किन्न सक्नेछन् ।

त्यस्तै ३ जीबी र्‍याम र ३२ जीबी रोमयुक्त रेडमी ए१ प्लसको मूल्य १३ हजार ९९९ रुपैयाँमा उपलब्ध हुने कम्पनीले जनाएको छ । टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमालेको सक्रिय राजनीतिमा फर्किएँ, पछि हट्दिनँ : पूर्वराष्ट्रपति भण्डारी
२०८२ श्रावण ६, मंगलबार
प्रधानमन्त्रीसँग चीनको अन्तरर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्षको भेट
२०८२ श्रावण ६, मंगलबार
गण्डकीका मुख्यमन्त्री पाण्डे एकसाताका लागि चीन प्रस्थान
२०८२ श्रावण ६, मंगलबार
श्रमिकको न्यूनतम पारिश्रमिकमा वृद्धि
२०८२ श्रावण ६, मंगलबार
गठबन्धन सरकार फरक मतबीचको साझा मतबाट सफल हुन्छ : महामन्त्री विश्वप्रकाश शर्मा
२०८२ श्रावण ६, मंगलबार
पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा फर्किन नहुने एमाले नेताहरूको धारणा
२०८२ श्रावण ६, मंगलबार
राष्ट्रपतिबाट भू-ढकान नक्सा सार्वजनिकीकरण
२०८२ श्रावण ६, मंगलबार