श्रावण ६, २०८२ मंगलबार July 22, 2025

मोबाइलबाटै यसरी बनाउनुहोस् स्तरीय चुनावी पोस्टर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य, २०७९ नजिकिँदै गर्दा राजनीतिक दल, उम्मेदवार तथा कार्यकर्ता प्रचारप्रसारमा व्यस्त छन् । अहिले सामाजिक सञ्जालको प्रयोग तीव्र भएकाले त्यसैबाट पनि थुप्रै प्रचार गर्न सकिन्छ र धेरैले गरिरहेका पनि छन् ।

प्रचार सामग्री अथवा चुनाव वा त्यस्तै कामलाई उपयोगी हुने पोस्टरहरू हामी आफ्नै फोनबाट पनि बनाउन सक्छौं । माथि देखिएको फोटो देख्दा बनाउन जति गाह्रो देखिन्छ, बनाउन थालेपछि साेचेभन्दा सजिलाे लाग्छ ।

फोनबाटै स्तरीय पोस्टर निर्माण गर्न सघाउने एक एपबारे हामी चर्चा गर्दैछाैं । यसका लागि तपाईंले दुईवटा प्रक्रियामा राम्रोसँग काम गर्नुपर्ने हुन्छ ।

१) एप र एपमा फन्ट इन्स्टल

सबैभन्दा पहिले तपाईंले एन्ड्रोइडका लागि यस लिंकमा र आईओएसका लागि यस लिङ्कमा गएर पिक्सेलल्याब एप इन्स्टल गर्नुहोस् ।

यदि तपाईंले बनाउन लागेको पोष्टरमा अङ्ग्रेजी अक्षर प्रयोग हुन्छन् भने त केही गर्न परेन, एपमा डिफल्ट रूपमा रहेका फन्ट प्रयोग गर्न सक्छौँ ।

तर, यदि पोष्टरमा नेपाली अक्षर प्रयोग गर्नुपरेको खण्डमा भने तपाईंले तल उल्लेख गरिएको प्रक्रियाबाट फन्ट इन्स्टल गर्न सक्नुहुन्छ ।

यो लेख लामो देखिए पनि प्रक्रियाहरूबारे विस्तृत जानकारी दिएकाले तपाईंले सहजै बुझ्न सक्नुहुन्छ । यस्ता पोस्टरलाई आकर्षक बनाउन हामीले विभिन्न आकर्षक फन्टहरू प्रयोग गर्नुपर्ने हुन्छ ।

गुगलमा गएर नेपाली फन्ट कलेक्सन जिप फाइल (Nepali Font Collection Zip File) सर्च गरेर फन्ट डाउनलोड गर्नुहोस् ।

फन्ट डाउनलोड गरिसकेपछि त्यसलाई आफ्नो स्मार्टफोनमा रहेको फाइल म्यानेजरमा एक्स्ट्रयाक्ट गर्नुपर्ने हुन्छ । एक्स्ट्रयाक्ट गर्नका लागि तपाईंले आफूले डाउनलोड गरेको फन्टको जिप फाइल कुन फोल्डरमा छ भन्ने पत्ता लगाउनुपर्ने हुन्छ ।

प्रायः फोनमा डाउनलोड गरेका सामग्री डाउनलोड फोल्डरमा हुने भएकाले तपाईं त्यहीँ जान सक्नुहुन्छ । आफूले डाउनलोड गरेको जिप फाइलमा ट्याप गर्नुभयो भने एक्स्ट्रयाक्ट गर्ने अप्सन देखाउँछ ।

यसरी फन्ट कुनै फोल्डरमा एक्स्ट्रयाक्ट गर्न सकिन्छ । यो प्रक्रियापछि पिक्सेलल्याबमा सो फन्ट इन्स्टल गर्नुपर्ने हुन्छ ।

– पिक्सेलल्यावमा फन्ट इन्स्टल गर्न सबैभन्दा पहिले एप खोल्नुहोस् ।

– एप खोलिसकेपछि त्यहाँ न्यु टेक्स्ट (New Text) लेखिएको एक अप्सन देखिन्छ । तपाईंले त्यसमा ट्याप गर्नुहोला ।

– त्यसपछि तलको ए (A) को आइकनमा ट्याप गर्नुहोस् । त्यसपछि त्यसको माथि थुप्रै अप्सनहरू देखिन्छन् ।

– त्यसलाई बायाँ तर्फ सार्दै जानुभयो भने फन्ट भन्ने अप्सन देखिन्छ‌ ।

– फन्टमा ट्याप गर्नुभयो भने एउटा नयाँ सेक्सन देखिन्छ । जसमा तपाईंले अन्य तीन अप्सन देख्न सक्नुहुन्छ ।

-‌ तपाईंले बीचको माई फन्ट (My Font) मा ट्याप गर्नुभयो भने त्यहाँ खाली सेक्सन देखिन्छ । अब हामीले डाउनलोड गरेको फन्ट यही सेक्सनमा इन्स्टल गर्नुपर्ने हुन्छ ।

– त्यसको तल सर्च बक्स देखिन्छ । सर्च बक्सको छेउमा दुईवटा आइकन देख्न सकिन्छ । त्यसमध्ये तपाईंले अन्तिमको अप्सन छान्नुपर्ने हुन्छ ।

-यसपछि फाइल म्यानेजरको अप्सन देखिन्छ । त्यहाँ तपाईंले पहिले फन्ट एक्स्ट्रयाक्ट गरेको फोल्डरमा गई फन्ट सेलेक्ट गर्नुहोला । यसरी फन्ट पिक्सेलल्याबमा इन्स्टल गरिसकेपछि पहिलेको माई फन्टको ठाउँमा तपाईंले थुप्रै फन्टहरू देख्न सक्नुहुन्छ ‌।

२) डिजाइन गर्ने तरिका

फन्ट इन्स्टलको प्रक्रिया सकिएपछि अब पोस्टर डिजाइनको प्रक्रियामा जाऔँ । यसमा डिजाइन गर्दा धेरै कुरामा ध्यान दिनुपर्ने हुन्छ ।

सबैभन्दा पहिले‌ तपाईंले डिजाइन बनाउन लागेको चुनावी पोस्टर कुन पार्टीको व्यक्तिका लागि बनाउन लागेको हो, त्यो ख्याल गर्नुहाेस् ।

त्यो भन्दा पनि विशेष त्यो पार्टी वा व्यक्तिले‌ कुन-कुन कलरलाई प्राथमिकता दिएको छ भन्ने ख्याल गर्नुपर्ने हुन्छ । त्यही अनुसार हामी यहाँ कालो र निलो रङ्ग‌ छान्दैछौँ ।

– सबैभन्दा पहिले ब्याकग्राउन्ड कलर छान्नुहोस्, त्यसका लागि सो पेजको अन्तिमका अप्सन देख्नुहुनेछ । त्यसमध्ये अन्तिमको अघिल्लो अप्सन छान्नुहोला । सो अप्सन छानिसकेपछि कलर भन्ने अप्सन देखिन्छ, त्यसमा ट्याप गरेर आफूलाई आवश्यक कलर छान्न सक्नुहुनेछ ।

– कलर छानी सकेपछि, तलको तेस्रो अप्सनमा जानुहाेस् । त्यसपछि माथि शेप्स (Shapes) भन्ने अप्सन देखिन्छ । त्यसमा ट्याप गर्दा वर्गाकार बक्स देखिन्छ । अब तपाईंले त्यही बक्सलाई आफ्नो आवश्यकता अनुसार साइज र कलर मिलाउन सक्नुहुन्छ ।

-त्यसरी हामीले बनाएको पोस्टर जस्तै विभिन्न कलरका बक्स बनाउनुहोस् ।

– यो प्रक्रिया सकिएपछि तपाईंले अन्य दुईवटा कुरामा ध्यान दिनुपर्छ । एउटा उम्मेदवार व्यक्तिको फोटो र अर्को उनीहरूको चुनाव चिन्ह । पहिले नै त्यसलाई डाउनलोड गरेर राख्नपर्ने हुन्छ ।

फोटोको ब्याकग्राउन्ड हटाउनका लागि तपाईंले कुनै एक ब्याकग्राउन्ड रिमुभर साइट प्रयोग गर्न सकिन्छ, जस्तै रिमुभ डट बिजी । यसरी फोटोमा देखाए जस्तो पोस्टर तपाईंले आफ्नो फोनको एपबाट केही समयमा नै बनाउन सक्नुहुन्छ । टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमालेको सक्रिय राजनीतिमा फर्किएँ, पछि हट्दिनँ : पूर्वराष्ट्रपति भण्डारी
२०८२ श्रावण ६, मंगलबार
प्रधानमन्त्रीसँग चीनको अन्तरर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्षको भेट
२०८२ श्रावण ६, मंगलबार
गण्डकीका मुख्यमन्त्री पाण्डे एकसाताका लागि चीन प्रस्थान
२०८२ श्रावण ६, मंगलबार
श्रमिकको न्यूनतम पारिश्रमिकमा वृद्धि
२०८२ श्रावण ६, मंगलबार
गठबन्धन सरकार फरक मतबीचको साझा मतबाट सफल हुन्छ : महामन्त्री विश्वप्रकाश शर्मा
२०८२ श्रावण ६, मंगलबार
पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा फर्किन नहुने एमाले नेताहरूको धारणा
२०८२ श्रावण ६, मंगलबार
राष्ट्रपतिबाट भू-ढकान नक्सा सार्वजनिकीकरण
२०८२ श्रावण ६, मंगलबार