कार्तिक २३, २०८३ सोमबार November 9, 2026

सिटिइभिटीको डिप्लोमा तथा प्रमाणपत्र तहमा परिक्षा फारम खुल्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः प्राबिधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटी) द्वारा डिप्लोमा तथा प्रमाणपत्र तहको परीक्षा आवेदन खुला गरेको गरेको छ। परिषदका आंगिक, साझेदारी सामुदायिक बिद्यालय र निजि स्तरका शिक्षणसंस्थाहरुमा अध्यायनरत विद्यार्थीहरुको परीक्षा आवेदन फारम खुलेको हो।

परिषदले प्रमाणपत्र तह नर्सिङ, सामान्य चिकित्सा, मेडिकल ल्याब टेक्नोलोजी, रेडियोग्राफी, होमियोप्याथी, सामान्य चिकित्सा आयुर्वेद, अकुपेन्चर, डेण्टल साइन्स, अप्थाल्मिक साइन्स, कृषि,फार्मेसी, फिजियोथेरापी, योग एम्ड नेचुरोपेथी, फोरेस्ट्री कार्यक्रमहरुको प्रथम, दोश्रो र तेस्रो बर्षको नियमित तथा दोश्रो र तेस्रो बर्षको आंसिक एबं डिप्लोमा इन इन्जिनियरिङ, तर्फका कार्यक्रमहरु, होटेल मेनेज्मेन्ट, फुड एन्ड डेरि टेक्नोलोजी, सोसियल ओर्क्स, इटरप्रेनरसिप, डेभलपमेन्ट र कृषि (बाली बिज्ञान र पशु बिज्ञान) प्रथम बर्ष दोस्रो खण्डको नियमित परिक्षा आवेदन फारम खुलेको जनाइएको छ।

सिटिइभिटिको सूचना अनुसार परिक्षाहरु माघ महिना मा संचालन हुने बताइएको छ। परिक्षार्थिहरुले मिति २०७९ मंसिर ११ गते भित्र नियमित र मंसिर १८ गते सम्म बिलम्ब शुल्क बुझाएर सम्बन्धित शिक्षणसंस्थामा आवेदन फारम भर्न सक्नेछन।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एनपिएल : आज दुई खेल, यी चार टोलीबीच हुँदैछ प्रतिस्पर्धा
२०८३ कार्तिक २३, सोमबार
अन्तरराष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडमा नेपाललाई स्वर्ण पदक
२०८३ कार्तिक २३, सोमबार
दुई हजारभन्दा बढी स्मारक, आठ हजार पुरातात्विक वस्तुको अभिलेखीकरण
२०८३ कार्तिक २३, सोमबार
रोग र विषादीले मौरीपालन व्यवसाय सङ्कटमा
२०८३ कार्तिक २३, सोमबार
इरानसँग सम्झौताको सम्भावना नरहेको अमेरिकाको संकेत
२०८३ कार्तिक २३, सोमबार
डोल्पा कारागारबाट भागेका छ कैदीबन्दी पक्राउ
२०८३ कार्तिक २३, सोमबार
‘प्रिय कर्णाली’मा कर्णालीको सभ्यता, पहिचान र सामाजिक रूपान्तरणको विमर्श
२०८३ कार्तिक २३, सोमबार