कार्तिक २३, २०८३ सोमबार November 9, 2026

दलहरुको चुनावी घोषणापत्रमा निजी विद्यालयलाई वेवास्ता गरेको प्रति नेशनल प्याब्सनको आपत्ती

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः दलहरुको चुनावी घोषणा पत्रले निजी विद्यालयहरुलाई वेवास्ता गरेको नेशनल प्याब्सनले जनाएको छ । मंसिर ४ मा हुन गईरहेको संघ र प्रदेशको निर्वाचनमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको आगामी कार्यक्रम र घोषणा पत्रले निजी विद्यालयको सवालमा त्यति धेरै चासो नराखेको देखिएको जनाएको हो ।

कार्तिक १८ र १९ गते तनहुँको दमौलीमा बसेको नेशनल प्याब्सन केन्द्रीय समितिको दोस्रो पुर्ण बैठकले दलहरुको चुनाबी घोषणा पत्रले निजी विद्यालयहरुलाई वेवास्ता गरेको र चासो नराखेकोले नयाँ तरिकाले सोच्न र आफ्ना कार्यक्रमहरु ल्याउनु पर्ने आवश्यक रहेको निष्कर्ष निकालेको छ ।

राष्ट्रिय अध्यक्ष पाण्डव हमाल ठकुरीले बैठकको उद्घाटन गर्दै संगठनलाई चुस्त, दुरुस्त र चलायमान बनाउँदै शैक्षिक, आर्थिक र संगाठनिक नीतिहरुलाई स्पष्ट पार्दर्शी बनाइने बताए । पालिका, जिल्ला, प्रदेश र केन्द्र बिचको सम्बन्ध र कार्यनीतिलाई समयानुकूल प्रगाढ बनाइने भनाई राखे ।

हमालले बालबालिकालाई केन्द्र बिन्दुमा राखी शिक्षालाई उच्च प्राथमिकता दिँदै निजी विद्यालयहरुको संरक्षण, सम्बर्द्धन समृद्धिका नयाँ योजनाहरु ल्याउने र सरकारी नियम कानुनहरुमा निजी विद्यालयहरुका सवालमा समय सापेक्ष मैत्रीपूर्ण र सम्मानजनक बनाउन लागिपरेको जानकारी गराउँदै थुप्रै नीतिगत छलफलबाट प्राप्त भइसकेको बताए ।

बैठकमा संगठन भित्र रहेका उपाध्यक्षहरुका विभिन्न विभागहरुको प्रतिवेदन प्रस्तुत गरिएको थियो । त्यसैगरी नेशनल प्याब्सनको २५औँ स्थापना दिवस पौष २७ लाई भव्यरुपमा मनाउन विद्यार्थी, विद्यालयहरुलाई समावेश गरी विविध राष्ट्रिय कार्यक्रम गर्ने, नेशनल प्याब्सनको इतिहास डोकुमेन्ट्री प्रस्तुत गर्ने लगायतका निर्णय गरिएको थिए । सह–अध्यक्ष सुवस न्यौपानेले सबै उपस्थित तथा आतिथ्य जिल्ला तनहुँलाई धन्यवाद ज्ञापन गरेका थिए भने बैठकको सञ्चालन महासचिव पारसमणी दहालले गरेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एनपिएल : आज दुई खेल, यी चार टोलीबीच हुँदैछ प्रतिस्पर्धा
२०८३ कार्तिक २३, सोमबार
अन्तरराष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडमा नेपाललाई स्वर्ण पदक
२०८३ कार्तिक २३, सोमबार
दुई हजारभन्दा बढी स्मारक, आठ हजार पुरातात्विक वस्तुको अभिलेखीकरण
२०८३ कार्तिक २३, सोमबार
रोग र विषादीले मौरीपालन व्यवसाय सङ्कटमा
२०८३ कार्तिक २३, सोमबार
इरानसँग सम्झौताको सम्भावना नरहेको अमेरिकाको संकेत
२०८३ कार्तिक २३, सोमबार
डोल्पा कारागारबाट भागेका छ कैदीबन्दी पक्राउ
२०८३ कार्तिक २३, सोमबार
‘प्रिय कर्णाली’मा कर्णालीको सभ्यता, पहिचान र सामाजिक रूपान्तरणको विमर्श
२०८३ कार्तिक २३, सोमबार