श्रावण ६, २०८२ मंगलबार July 22, 2025

ह्वाट्सएपबाट फोटो पठाउँदा ‘क्वालिटी’ खस्कियो ? यसो गर्नुहोस्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः कतिपय प्रयोगकर्ताले ह्वाट्सएपबाट फोटो पठाउँदा गुणस्तर खस्किने गरेको गुनासो गरिरहेका हुन्छन् । वास्तवमा ह्वाट्सएपको डिफल्ट अर्थात पूर्ववत रूपमा निर्धारित फिचरका कारण अपलोड गर्ने फोटोको गुणस्तर घटिरहेको हुन्छ ।

खासगरी प्रयोगकर्ताको मोबाइल डेटा जोगाउने उद्देश्यका साथ ह्वाट्सएपले यस्तो फिचर राखेको हो । तर यदि सेटिङमा गएर सामान्य परिवर्तन गर्नु भयो भने ह्वाट्सएपबाट उच्च  गुणस्तरीय फोटो आदान प्रदान गर्न सकिन्छ ।

ह्वाट्स एपमा उच्च गुणस्तरीय फोटो आदान प्रदानका लागि के गर्ने ?

  • यसका लागि सबैभन्दा पहिला ह्वाट्सएप खोल्नुहोस् र दायाँतर्फ माथि कुनामा रहेको तीन थोप्ला भएको बटन हुँदै सेटिङमा जानुहोस् ।
  • अब त्यहाँ तपाईँले स्टोरेज एन्ड डेटा (Storage and data) अप्सन देख्नु हुनेछ, त्यसमा दबाउनु होस् ।
  • त्यसपछि अन्तिममा रहेको फोटो अपलोड क्वालिटी (Photo upload quality) मा थिच्नुहोस् र बेस्ट क्वालिटी (Best quality) छानेर ओके (OK) गर्नुहोस् ।
  • यति गरेपछि तपाईँले ह्वाट्सएपबाट तस्वीर पठाउँदा उच्च गुणस्तरमा अपलोड हुनेछ र प्राप्त गर्ने मान्छेले त्यही स्तरको फोटो पाउनेछ । टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पाकिस्तानमा मनसुन प्रकोपः जनजीवन अस्तव्यस्त, सयौं प्रभावित
२०८२ श्रावण ६, मंगलबार
दुई किलो सुन र २४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ
२०८२ श्रावण ६, मंगलबार
मानवअधिकार प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध : मन्त्री चौरसिया
२०८२ श्रावण ६, मंगलबार
मुलुकमा सुशासन कायम हुन नसकेकै कारण गरिबी, बेरोजगारी र घुसखोरी बढ्यो : महासचिव भुसाल
२०८२ श्रावण ६, मंगलबार
भारतको उपराष्ट्रपति पदबाट जगदीप धनखरको राजीनामा, स्वास्थ्यलाई प्राथमिकता दिने निर्णय
२०८२ श्रावण ६, मंगलबार
सभामुख घिमिरेद्वारा रास्वपा र राप्रपाका नेताहरूसँग छलफल
२०८२ श्रावण ६, मंगलबार
नेप्से परिसूचकमा ८० अङ्कको सुधार, कारोबार रकम २० अर्ब नाघ्यो
२०८२ श्रावण ६, मंगलबार