असार २८, २०८२ शनिबार July 12, 2025

इरानी सुरक्षाबलको कारबाहीमा बालबालिकासहित १० जनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः देशको दक्षिणपूर्वी भागमा भएको विरोध प्रदर्शनमा इरानी सुरक्षा बलले दमन गर्दा बालबालिकासहित १० जनाभन्दा बढीको ज्यान गएको आशंका गरिएको मानवअधिकारवादी संस्था एम्नेस्टी इन्टरनेसनलले जनाएको छ ।

शुक्रबार धेरै ट्विटर पोष्टहरूमा एम्नेस्टीले भनेको छ की सुरक्षा बलले सिस्तान र बलुचेस्तान प्रान्तको खाश शहरमा गभर्नरको कार्यालय र अन्य धेरै भवनहरूको छतबाट शान्तिपूर्ण प्रदर्शनकारीलाई प्रत्यक्ष गोलीबारी चलाएको थियो ।

छिमेकी पाकिस्तान र अफगानिस्तानसँग सीमा रहेको यो प्रान्त लामो समयदेखि उत्पीडित सुन्नी मुस्लिम बलुच जातीय अल्पसंख्यक सदस्यहरूको घर हो र त्यहाँ अशान्तिको लामो इतिहास छ ।

तेहरानमा नैतिकता प्रहरीको हिरासतमा मृत्यु भएकी २२ वर्षीया कुर्दिश महिला महसा अमिनीको मृत्युको विरोधमा देशव्यापी विरोध प्रदर्शनबीच शुक्रबार हिंसा भएको हो । प्रहरी प्रमुखद्वारा एक बलुच बालिकालाई बलात्कार गरेको आरोपपछि सिस्तान र बलुचेस्तान राज्यको राजधानी जाहेदानमा हालै ठूलो प्रदर्शन भएको छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न
२०८२ असार २८, शनिबार
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या धेरै
२०८२ असार २८, शनिबार
एक अर्ब ३७ करोडको ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए
२०८२ असार २८, शनिबार
मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान
२०८२ असार २८, शनिबार
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार