श्रावण ६, २०८२ मंगलबार July 22, 2025

टेलिकमको नम्बरबाट एकसाथ हजारौंलाई एसएमएस पठाउन चाहनुहुन्छ ? यसो गर्नुहोस्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाल टेलिकमले आफ्ना ग्राहकका लागी एकै पटक दुई हजारदेखि १० हजारसम्म एसएमएस पठाउन सकिने अफर ल्याएको छ । कम्पनीको ‘ग्रुप एसएमएस’ अफर अन्तर्गत नेपाल टेलिकमका प्रयोगकर्ताले एकैपटक धेरैओटा एसएमएस पठाउन सक्नेछन् ।

यो अफर अन्तर्गत कम्पनीले तीन फरक प्याक ल्याएको छ । जसमध्ये पहिलो प्याकमा प्रयोगकर्ताले एक हजार रुपैयाँमा दुई हजार एसएमएस एकैपटक पठाउन सक्छन् । यसको मान्य अवधि दुई दिन रहेको छ ।

त्यसैगरी प्रयोगकर्ताले २५ सय रुपैयाँमा पाँच हजार एसएमएस पठाउन सक्नेछन् । यो प्याक भने पाँच दिनसम्म मान्य हुनेछ । त्यस्तै पाँच हजार रुपैयाँमा दश हजार नम्बरमा एसएमएस पठाउन सकिनेछ । जसको म्याद १० दिनसम्म छ ।

एकसाथ कसरी पठाउने धेरै एसएमएस ? 

– सबैभन्दा पहिला कम्प्युटरको वेब ब्राउजरमा गएर यहाँ क्लिक गर्नुहोस् ।

–  आफ्नो पुरा नाम, नागरिकता नम्बर र मोबाइल नम्बर टाइप गर्नुहोस् र सेन्ड ओटीपीमा क्लिक गर्नुहोस् ।

– त्यसपछि तपाईँको मोबाइलमा आएको ओटीपी ‘सेन्ड ओटीपी’ भन्दा तल ‘ओटीपी’ लेखिएको बक्समा राख्नुहोस् र ‘आई अग्री टु टर्म्स एन्ड कन्डिसन्स’ भन्ने अप्सनमा क्लिक गर्नुहोस् । यसमा छ ओटा विभिन्न सर्तहरू राखिएका छन् ।

– अब अन्त्य रहेकोमा लगइन अप्सनमा क्लिक गर्नुहोस् ।

– लगइन गरिसकेपछि स्क्रिनमा तपाईँको ब्यालेन्स सहितका विवरणहरू देख्न सकिन्छ । ‘क्लिक हेर टु पर्चेज बल्क एसएमएस प्याक’ भन्ने विकल्पमा जानुहोस् ।

– ‘चुज प्याकेज’मा गएर आफूले लिन चाहेको प्याक छनौट गर्नुहोस् ।

– त्यसपछि ‘पर्चेज’मा क्लिक गर्नुहोस् ।

– अब  ‘डाउनलोड स्याम्पल एक्सेल फाइल’ मा क्लिक गर्नुहोस् । यति गरेपछि तपाईँको कम्प्युटरमा एउटा एक्सेल फाइल डाउनलोड हुन्छ । उक्त फाइलमा आफूले एसएमएस पठाउन चाहेका नम्बरहरू उल्लेख गर्नुहोस् ।

–  उक्त फाइलमा ती आवश्यक नम्बर सेभ गरेर अघि ब्राउजरमा अघि भएकै स्थानमा गएर ‘अपलोड एक्सेल फाइल’मा क्लिक गर्नुहोस् ।

– त्यसपछि ‘मेसेज टाइप’मा गएर अंग्रेजी वा नेपाली कुन भाषामा मेसेज पठाउन चाहेको हो, सो कुरा खुलाउनु होस् ।

– अनि ‘मेसेज टु सेन्ड’ बक्समा गएर आफूले पठाउन चाहेको मेसेज लेख्नुहोस् र त्यसलाई ‘सेन्ड’ गर्नुहोस् । टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भारतको उपराष्ट्रपति पदबाट जगदीप धनखरको राजीनामा, स्वास्थ्यलाई प्राथमिकता दिने निर्णय
२०८२ श्रावण ६, मंगलबार
सभामुख घिमिरेद्वारा रास्वपा र राप्रपाका नेताहरूसँग छलफल
२०८२ श्रावण ६, मंगलबार
नेप्से परिसूचकमा ८० अङ्कको सुधार, कारोबार रकम २० अर्ब नाघ्यो
२०८२ श्रावण ६, मंगलबार
‘सात दिनभित्र समितिका निर्देशनको प्रगति विवरण माग्ने निर्णय’
२०८२ श्रावण ६, मंगलबार
साफ यु-२० च्याम्पियनसिपमा उपविजेता भएको नेपाली टोली स्वदेश फिर्ता
२०८२ श्रावण ६, मंगलबार
उज्यालोको बाटोमा संघर्ष गर्नु नै बिपीको सम्मान हो : महामन्त्री थापा
२०८२ श्रावण ६, मंगलबार
मदन पुरस्कारका लागि सात पुस्तकको सूची सार्वजनिक
२०८२ श्रावण ६, मंगलबार