असार २८, २०८२ शनिबार July 12, 2025

जी २० को शिखर सम्मेलनमा पुटिन सहभागी नहुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः रुसी राष्ट्रपति भ्लादिमिर पुटिन अर्को हप्ता इन्डोनेसियाको बालीमा हुने जी २० नेताहरूको शिखर सम्मेलनमा सहभागी नहुने इन्डोनेसियास्थित मस्कोको दूतावासले जनाएको छ ।

‘म पुष्टि गर्न सक्छु कि (परराष्ट्र मन्त्री) सर्गेई लाभरोभले जी २० मा रुसी प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन् । राष्ट्रपति पुटिनको कार्यक्रममा अझै काम भइरहेको छ, उनी भर्चुअल रूपमा भाग लिन सक्छन्’, दूतावासका प्रोटोकल प्रमुख युलिया टोमस्कायाले भने ।

शिखर सम्मेलनमा भाग लिने अमेरिकी राष्ट्रपति जो बाइडेनले यसअघि पुटिनलाई बालीमा भेट्ने कुनै मनसाय नभएको बताएका थिए । उनले  पुटिनलाई “युद्ध अपराधी“ भन्दै आएका छन् ।

मस्कोले आफ्नो युक्रेन अभियानमा घाटा भोगिरहेको र क्रेमलिनले नोभेम्बर १५ देखि १६ सम्म आयोजना हुने  शिखर सम्मेलनमा पश्चिमी निन्दाबाट आफूलाई जोगाउने प्रयास गरिरहेको अनुमानबीच पछिल्लो निर्णय आएको हो । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न
२०८२ असार २८, शनिबार
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या धेरै
२०८२ असार २८, शनिबार
एक अर्ब ३७ करोडको ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए
२०८२ असार २८, शनिबार
मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान
२०८२ असार २८, शनिबार
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार