असार २८, २०८२ शनिबार July 12, 2025

राजीव गान्धी हत्याका ६ जना दोषीलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पूर्वप्रधानमन्त्री राजीव गान्धीको हत्यामा संलग्न भइ आजीवन कारावासको सजाय भोगीरहेका ६ जनालाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।

नलिनी श्रीहरन र आरपी रविचन्द्रनसहित छ जनालाई रिहा गर्न सर्वोच्चले आज आदेश दिएको हो। अदालतले गान्धीको हत्याका दोषी लामो समयदेखि कारागारमा रहेका तथा उनीहरूको असल आचरणलाई दृष्टिगत गरी थुनामुक्त गर्न आदेश दिएको जनाइएको छ।

‘नलिनी तीन दशकभन्दा बढी समयदेखि जेलमा छिन् उनको आचारण पनि सन्तोषजनक छ, उनीसँग कम्प्युटर एप्लिकेशनमा पोष्ट ग्राजुएट डिप्लोमा छ। रविचन्द्रनको पनि आचारण सन्तोषजनक रहेको पाइएको छ, उनले पनि कला संकायमा पोष्ट ग्राजुएट गरेका छन्,’ सर्वोच्च अदालतले भनेको छ।

तमिलनाडु सरकारले पनि उनीहरूको आजीवन कारावासको सजाय माफ गर्दै रिहाइका लागि सिफारिस गरेको थियो। संविधानको धारा १६१ अन्तर्गत प्राप्त अधिकारको प्रयोग गर्दै उनीहरूको रिहाइका लागि राज्यपालसमक्ष सिफारिस गरिएको थियो।

गान्धीको हत्यामा संलग्न एक जनालाई तमिलनाडु सरकारले गरेको सिफारिसका आधारमा रिहा गरिएपछि नलिनीलगायतले सर्वोच्च अदालतको ढोका ढक्ढक्याएका थिए। सन् १९९१ को मे महिनामा तमिलनाडु राज्यको श्रीपेरुम्बुदुरमा भएको चुनावी र्‍यालीमा धनु भनेर चिनिने एक महिलाले आत्मघाती बम आक्रमण गरेर राजीव गान्धीको हत्या गरेकी थिइन्। रासस/एएनआई

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न
२०८२ असार २८, शनिबार
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या धेरै
२०८२ असार २८, शनिबार
एक अर्ब ३७ करोडको ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए
२०८२ असार २८, शनिबार
मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान
२०८२ असार २८, शनिबार
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार