असार २८, २०८२ शनिबार July 12, 2025

कसले चोर्‍यो दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपतिको नोबेल शान्ति पुरस्कार ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति एफडब्ल्यू डे क्लर्कको नोबेल शान्ति पुरस्कारको पदक अप्रिलमा उनको घरबाट चोरी भएको उनको फाउन्डेसनले पुष्टि गरेको छ ।

स्थानीय सञ्चार माध्यममा आएको विवरणअनुसार उनको केप टाउनको घरमा लुटपाटको क्रममा पुरस्कार पनि चोरी भएको जनाइएको छ । सन् १९९३ मा नेल्सन मण्डेलासँगै रंगभेदको अन्त्यका लागि गरेको प्रयासका लागि डे क्लर्कले पुरस्कार प्राप्त गरेका थिए ।

दक्षिण अफ्रिकी सञ्चारमाध्यमका अनुसार प्रहरीले कुनै पनि पदक बरामद गरेको छैन । स्थानीय समाचार वेबसाइट न्यूज२४ सँग कुरा गर्दै  डे क्लर्ककी विधवा एलिटाले भनिन् विदेश यात्राबाट घर फर्किदा  पदकसहित बहुमुल्य सामग्री चोरी भएका थिए ।

“मैले यस वर्षको अप्रिलमा हामी लुटिएको थाहा पाए ं। ५ अप्रिलमा म सेफमा गएँ र त्यहाँ  खुला थियो। म चौथो दिन विदेश यात्राबाट फर्किएकी थिए । त्यसैले मलाई मितिहरू याद छ ।“ उनले भनिन् ।

“मेरो धेरै गहनाहरू चोरिएका थिए । चोरिएका गहनाको मूल्य निर्धारण गर्न गाह्रो छ । तिनीहरुलाई पछिल्लो ५० वर्षको अवधिमा मलाई विभिन्न अवसरमा प्रदान गरिएको थियो’, उनले अगाडि भनिन् । – एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न
२०८२ असार २८, शनिबार
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या धेरै
२०८२ असार २८, शनिबार
एक अर्ब ३७ करोडको ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए
२०८२ असार २८, शनिबार
मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान
२०८२ असार २८, शनिबार
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार