कार्तिक २३, २०८३ सोमबार November 9, 2026

तीन घण्टा अनिवार्य श्रम गर्नुपर्ने मध्यपश्चिम विश्वविद्यालयको अभियान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः मध्यपश्चिम विश्वविद्यालयले आफूलाई एक्काइसौं शताब्दीको एक जीवन्त शैक्षिक संस्थाको रुपमा स्थापित गर्नका लागि चाहिने शैक्षिक गुणस्तरसँगै आधारभूत सहित कक्षाकोठा निर्माण गरेको छ ।

विश्वविद्यालयले अत्याधुनिक फर्निचर, सफा शौचालय, विश्वविद्यालय परिसरभित्र विभिन्न प्रजातिका रुखविरुवा, रंगीविरंगी सुगन्धित फूलहरुले भरिएका सुन्दर बगैंचा निर्माण गरी एक्काइसौं शताब्दीको एक जीवन्त शैक्षिक संस्थाको रुपमा स्थापित गर्ने लक्ष्यका साथ अगाडी बढेको छ ।

त्यसैगरी सबैको आकर्षणको केन्द्रविन्दू बनाउने हेतुले २०७९ साल कार्तिक महिनादेखि हरेक महिनाको दोस्रो र चौथो विहिबार दिउँसो २ः०० बजेदेखि ०५ः०० बजेसम्म तीन घण्टा अनिवार्य श्रम गर्ने गरी विश्वविद्यालय अन्तर्गतका प्रत्येक निकाय प्रमुखहरुको नेतृत्वमा “मध्यपश्चिम विश्वविद्यालय हरियाली, फलफूल तथा सरसफाई अभियान”संचालन गर्ने निर्यण गरेको छ ।

सोहि निर्यण अनुरुप आज कार्तिक २४ गते कुइनेपानि, सुर्खेत स्थित मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालय परिसर तथा घण्टाघर लाइन देखि खुलामंच सम्मको फोहोर उठाई सरसफाई अभियानको सुरुवात गरिएको छ । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्द बहादुर सिंहको नेतृत्वमा विश्वविद्यालयका रजिष्ट्रार, डीन, कार्यकारी निर्देशक, प्राचार्य, उपकुलपति तथा रजिष्ट्रार सचिवालयका सदस्य र कर्मचारीहरुको सहभागीतामा सरसफाई अभियान सुरु भएको हो ।

सुरुवाती दिनहरुमा विश्वविद्यालय परिवार र त्यसपछि क्रमशः मध्यपश्चिम विश्वविद्यालयले थालेको हरियाली, फलफूल तथा सरसफाई अभियानमा स्वयंसेवी श्रमदानकर्ताका रुपमा समाजका विभिन्न सरोकारवाला व्यक्ति, समूह, समुदाय तथा संघ, संस्थाहरुलाई सहभागी गराउन आह्वान गर्ने र यस अभियानमा नियमित योगदान गर्ने संघ, संस्था तथा महानुभावहरुलाई विश्वविद्यालयले विशेष सन्दर्भ पारी कदरपत्रद्वारा सम्मान गर्ने योजना विश्वविद्यालयको रहेको छ ।

श्रोतः खबरएजुशेकन

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एनपिएल : आज दुई खेल, यी चार टोलीबीच हुँदैछ प्रतिस्पर्धा
२०८३ कार्तिक २३, सोमबार
अन्तरराष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडमा नेपाललाई स्वर्ण पदक
२०८३ कार्तिक २३, सोमबार
दुई हजारभन्दा बढी स्मारक, आठ हजार पुरातात्विक वस्तुको अभिलेखीकरण
२०८३ कार्तिक २३, सोमबार
रोग र विषादीले मौरीपालन व्यवसाय सङ्कटमा
२०८३ कार्तिक २३, सोमबार
इरानसँग सम्झौताको सम्भावना नरहेको अमेरिकाको संकेत
२०८३ कार्तिक २३, सोमबार
डोल्पा कारागारबाट भागेका छ कैदीबन्दी पक्राउ
२०८३ कार्तिक २३, सोमबार
‘प्रिय कर्णाली’मा कर्णालीको सभ्यता, पहिचान र सामाजिक रूपान्तरणको विमर्श
२०८३ कार्तिक २३, सोमबार