असार २८, २०८२ शनिबार July 12, 2025

जी २० सम्मेलनः सहभागी नेता साइडलाइन वार्तामा व्यस्त, भारतले अध्यक्षता लिने तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः विश्वका ठूला औधोगिक राष्ट्रहरूको समूह जी २० को बैठक इन्डोनेसियाको राजधानी बालीमा चलिरहेको छ । बैठकका क्रममा सहभागी नेताहरूबीच साइडलाइन वार्ता भएका छन् । फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याँक्रोले चीनका सी जिनपिङसँग वार्ता गरिरहेका छन्। यो बैठकले युक्रेनमा रुसको आक्रमणबाट प्रभावित खाद्य सुरक्षालाई सम्बोधन गर्न कदम चाल्ने अपेक्षा गरिएको एक अमेरिकी अधिकारीले बताएका छन् ।

सोमबार अमेरिकी राष्ट्रपति जो बाइडेनले चिनियाँ समकक्षीसँगको भेटवार्तामा आफूले अमेरिका र चीनबीचको द्वन्द्वलाई नहेरेको नयाँ शीत युद्ध नहुने बताएका थिए । ताइवान मामिलामा राष्ट्रपति सीले बाइडेनलाई रातो रेखा पार नगर्न चेतावनी दिएको चिनियाँ सञ्चार माध्यमहरुले जनाएका छन् । दुई महाशक्तिबीचको सम्बन्ध चिसिइरहेका बेला दुई नेताबीच सोमबार भेट वार्ता भएको थियो । ताइवानले आफूलाई स्वायत्त र सार्वभौमसत्ता राष्ट्र सम्झन्छ भने बेइजिङले आफ्नो भूभागको अंश मान्दै आएको छ ।

यसैबीच, बैठकलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले युक्रेनमा तत्काल युद्धविराम अन्त्य गरेर वार्तामार्फत समस्या समाधान गर्न सरोकारवालाई आह्वान गरेका छन् । ‘विगत शताब्दीमा दोस्रो विश्वयुद्धले विश्वमा तहसनहस मच्चायो, त्यसपछि त्यस समयका नेताहरूले शान्तिको बाटोमा लाग्न गम्भीर प्रयास गरे, अब हाम्रो पालो’,  प्रधानमन्त्री मोदीले भने ।

साइडलाइन भेटमा मोदीले अमेरिकी राष्ट्रपति बाइडेन र फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याँक्रोसँग भेटवार्ता गरेका थिए । सो अवसरमा उनले खाद्यान्न संकट, जलवायु परिवर्तन र युक्रेन युद्धबारे छलफल गरेका थिए ।

भारतले जी २० को  अध्यक्षता लिने तयारी गरेको छ । भारतले विश्वव्यापी जीडीपीको ८५ प्रतिशत र विश्वव्यापी व्यापारको ७५ प्रतिशत प्रतिनिधित्व गर्दछ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न
२०८२ असार २८, शनिबार
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या धेरै
२०८२ असार २८, शनिबार
एक अर्ब ३७ करोडको ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए
२०८२ असार २८, शनिबार
मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान
२०८२ असार २८, शनिबार
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार