श्रावण ६, २०८२ मंगलबार July 22, 2025

ओप्पोको नयाँ स्मार्टफोन ‘ए वन प्रो’ बुधबार सार्वजनिक हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः क्यामेराको लागि उत्कृष्ट मानिने ब्रान्ड ओप्पोले आफ्नो मिडरेन्जको स्मार्टफोन ‘ए वन प्रो’ बुधबार सार्वजनिक गर्ने भएको छ ।

कम्पनीले एक टिजर सार्वजनिक गर्दै ए वन प्रो सार्वजनिक गर्ने घोषणा गरेको हो । उक्त टिजरमा देखाइए अनुसार यो फोनमा बेजल्सहरू कम छन् भने फोन पनि तुलनात्मक रुपमा पातलो रहेको छ ।

फोनमा  १०८ मेगापिक्सेलको मुख्य क्यामेरा सहित २ मेगापिक्सेलको प्रोट्रेट सेन्सर पनि उपलब्ध गराइएको छ । साथै १६ मेगापिक्सेलको फ्रन्ट क्यामेराको लागि भने डिस्प्लेमा सिंगल पन्च होल बनाएको छ ।

फोनमा १२० हर्ज रिफ्रेसरेट सहितको ६.७ इन्चको ओएलईडी डिस्प्ले छ । फोनमा स्न्यापड्रागन ६९५ फाइभजी चिपसेट दिइएको छ । ​मिडरेन्ज स्मार्टफोनको रुपमा सार्वजनिक गर्न लागेको यो फोनको मूल्य लगायत अन्य विवरण भने बुधबार मात्रै थाहा हुनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मुगुमा ४९ करोड ४६ लाख राजस्व संकलन
२०८२ श्रावण ६, मंगलबार
पाकिस्तानमा मनसुन प्रकोपः जनजीवन अस्तव्यस्त, सयौं प्रभावित
२०८२ श्रावण ६, मंगलबार
दुई किलो सुन र २४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ
२०८२ श्रावण ६, मंगलबार
मानवअधिकार प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध : मन्त्री चौरसिया
२०८२ श्रावण ६, मंगलबार
मुलुकमा सुशासन कायम हुन नसकेकै कारण गरिबी, बेरोजगारी र घुसखोरी बढ्यो : महासचिव भुसाल
२०८२ श्रावण ६, मंगलबार
भारतको उपराष्ट्रपति पदबाट जगदीप धनखरको राजीनामा, स्वास्थ्यलाई प्राथमिकता दिने निर्णय
२०८२ श्रावण ६, मंगलबार
सभामुख घिमिरेद्वारा रास्वपा र राप्रपाका नेताहरूसँग छलफल
२०८२ श्रावण ६, मंगलबार