काठमाडौंः फुटबलको महाकुम्भ फिफा विश्वकप-२०२२ को प्रत्यक्ष प्रसारण नेपाली टेलिभिजनले गर्न पाउने भएको छ ।
कतारमा हुन गइरहेको विश्वकप नेपालमा प्रत्यक्ष प्रसारण हुने वा नहुने अन्योल भइरहेका बेला नेपाली फुटबल फ्यानहरूका लागि यो खुसीको खबर हो।
बुधबार न्यायाधीश प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको संयुक्त इजलासले यसअघि सर्वोच्चकै एकल इजलासले दिएको अन्तरिम आदेश खारेज गरेको हो। यससँगै नेपाली टेलिभिजनहरूले दर्शकसँग अतिरिक्त शुल्क लिएर फुटबल लाइभ देखाउन पाउने भएका छन्।
नेपालमा विश्वकप प्रसारणका लागि मिडिया हबले अनुमति पाएको थियो। नेपाली टेलिभिजनमा विश्वकप हेर्नका लागि दर्शकसँग ५ सय रुपैयाँ उठाउने निर्णय भएको थियो। यसै विषयमा विवाद हुँदा मुद्दा सर्वोच्चसम्म पुगेको थियो।
बिश्वकप फुटवल निःशुल्क देखाउनुपर्ने जिकिर गर्दै दुई अधिवक्ताले दायर गरेको निवेदनमा न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले २२ कात्तिकमा विश्वकपको तयारीलाई यथास्थानमा राख्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो। तर अब विश्वकप हेर्न दर्शकले ५ सय रूपैयाँ तिर्नुपर्ने छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया