काठमाण्डौंः नेपाली कांग्रेसका नेता तथा मोरङ क्षेत्र नं ६ का लोकतान्त्रिक वाम गठबन्धनका प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा.शेखर कोइरालाले कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार बन्ने बताएका छन् ।
सुनसरीको कोसी गाउँपालिका–१ स्थित लौकहीमा आज लोकतान्त्रिक वाम गठबन्धनले आयोजना गरेको विशाल चुनावीसभा कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेता कोइरालाले सो कुरा बताएका हुन् ।
कांग्रेसको नेतृत्वमा सबै राजनीतिक परिवर्तन भएको बताउँदै अब कांग्रेसकै नेतृत्वमा मुलुकमा आर्थिक क्रान्ति र समृद्धि हुने नेता कोइरालाले बताए । गठबन्धनले जिते मात्रै लोकतन्त्र बलियो हुने भएकाले लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारलाई विजयी गराउन उनले आग्रह गरे ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया