असार ३२, २०८२ बुधबार July 16, 2025

सिंहदरबार डराउने प्रतिनिधि छानेर पठाउन नुवाकोट -२ काँग्रेस उम्मेदवार केसीको अपिल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाली कांग्रेसका नेता तथा नुवाकोट–२ का गठबन्धनका उम्मेदवार अर्जुननरसिंह केसीले मंसिर–४ को निर्वाचनमा हिजोको इतिहास र भोलिको भविष्यलाई बोक्न सक्ने उम्मेदवारलाई जिताउनुपर्ने बताएका छन्। उनले निर्वाचनमा भविष्यलाई बोक्न सक्ने नेतालाई रोज्न आग्रह गरेका हुन्।

‘उम्मेदवारहरूले म सक्षम छु, मेरो एजेण्डा राम्रो छन् भन्नू स्वाभाविक हो। तर, जसले हिजोको इतिहास र भोलीको भविष्यलाई बोक्न सक्छ त्यसैलाई जनताले मंसिर ४ मा मतदान मार्फत आफ्नो प्रतिनिधि रोज्नु पर्छ,’ केसीले भने।

कुनै पनि उमेदवारले व्यक्तिगत आलोचना र विरोध गरेर समय खेर फाल्न नहुने भन्दै केसीले ​जनतासामु आफू र गठबन्धनले स्पष्ट योजना र मन जितेर अगाडि बढेको बताए।

‘मंसिर ४ गते जनताले आफ्नो प्रतिनिधि चुन्दा सिंहदरबार डराउने प्रतिनिधि छानेर पठाउनुस्, सिंहदरबारमै हराउने प्रतिनिधि पठाउन हुँदैछ। राष्टि«य रुपमा आएका अनियमितता र भष्ट्रचारको बिरुद्ध म निरन्तर सडक र संसदमा लड्ने छु। जिल्लाबासीको हरेक सुख दुःखमा सदैव साथमा रहनेछु,’ उनले भने।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया