श्रावण ६, २०८२ मंगलबार July 22, 2025

रेड्मी १०ए को मूल्य ह्वात्तै घट्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : साओमीले नेपाली बजरमा रेड्मी १०ए को मूल्य ७०० रुपैयाँले घटाएको छ । कम्पनीले यो मोडेलको फोनमा विन्टर अफर ल्याई मूल्य घटाएको हो ।

६.५३ इन्चको एचडी प्लस डिस्प्ले रहेको यो इन्ट्री–लेभल स्मार्टफोनमा रहेको थ्रीडी कर्भ्ड ब्याकले प्रयोगकर्तालाई सहज अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ ।

फोनमा १३ मेगापिक्सेलको मुख्य क्यामेरा र २ मेगापिक्सेलको डेप्थ क्यामेरा सेन्सर रहेको छ भने सेल्फी क्यामेरा ५ मेगापिक्सेलकाे रहेको छ । रेड्मी १०ए मा पावरअपको लागि मेडियाटेक हेलियो जी२५ ले प्रोसेसर जडित छ, जुन २ गिगाहर्जसम्मको क्षमता रहेको अक्टाकोर सीपीयू हो ।

यसमा १० वाट चार्जिङ एडाप्टरसँगै ५००० एमएएच क्षमताको ब्याट्री दिइएको छ । ग्राहकले ३ जीबी/६४ जीबी भेरियन्ट माेडेलको मूल्य १५ हजार २९९ रुपैयाँ र ४/१२८ जीबीको मूल्य १७ हजार २९९ रुपैयाँमा यो फोन खरिद गर्न सक्नेछन् । यो अफर कात्तिक ३० देखि मंसिर २९ गतेसम्म लागू हुनेछ । – टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मुगुमा ४९ करोड ४६ लाख राजस्व संकलन
२०८२ श्रावण ६, मंगलबार
पाकिस्तानमा मनसुन प्रकोपः जनजीवन अस्तव्यस्त, सयौं प्रभावित
२०८२ श्रावण ६, मंगलबार
दुई किलो सुन र २४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ
२०८२ श्रावण ६, मंगलबार
मानवअधिकार प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध : मन्त्री चौरसिया
२०८२ श्रावण ६, मंगलबार
मुलुकमा सुशासन कायम हुन नसकेकै कारण गरिबी, बेरोजगारी र घुसखोरी बढ्यो : महासचिव भुसाल
२०८२ श्रावण ६, मंगलबार
भारतको उपराष्ट्रपति पदबाट जगदीप धनखरको राजीनामा, स्वास्थ्यलाई प्राथमिकता दिने निर्णय
२०८२ श्रावण ६, मंगलबार
सभामुख घिमिरेद्वारा रास्वपा र राप्रपाका नेताहरूसँग छलफल
२०८२ श्रावण ६, मंगलबार