असार २४, २०८२ मंगलबार July 8, 2025

जबर्जस्ती नेपाल प्रवेश गर्न खोज्ने समूह र प्रहरीबीच झडप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । भारतबाट आएका नेपाली जबरजस्ती नेपाल प्रवेश गर्न थालेपछि कैलालीको (त्रिनगर) गौरीफन्टा नाकामा झडप भएको छ।

मंगलबार बिहान ठूलो संख्यामा रहेका नेपालीले जबरजस्ती प्रवेश गर्न खोज्दा सुरक्षाकर्मीसँग झडप भएको हो।

सरकारले मंगलवारदेखि निषेधाज्ञा (लकडाउन) गरेको छ। जिल्ला प्रशासन कार्यालय कैलालीले सोमबार दिउँसो २ बजेदेखि नै लागू हुने गरी जिल्लाभर निषेधाज्ञा जारी गरेको थियो।

निषेधाज्ञाको समयमा भारतबाट फर्किएका तीन सय नेपाली गौरीफन्टा नाकामा रोकिएका छन्।

सरकारले नाका भित्रिन नदिन निर्देशन दिएको छ। तर गौरीफन्टा नाकामा रोकिएकामध्ये केहीले ढुंगामुढा गरेको कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले बताएका छन।

अहिले गौरीफन्टा नाका बाँक्लो संख्यामा नेपाल प्रहरी, शसस्त्र प्रहरी परिचालन गरिएको छ। नाका रोकिएका नेपालीलाई प्रवेश गराउनका लागि गृह मन्त्रालयको आदेश पर्खिरहेको सहायक प्रमुख जिल्ला अधिकारी जोशीले बताएका छन।

उनका अनुसार नेपाल प्रवेश गर्नेहरुलाई गन्तव्यसम्म पु¥याउन पहल भइरहेको छ। सशस्त्र प्रहरीले माईकिङ गर्दै सीमामा पुगेका नेपालीहरुसँग जिल्लागत विवरण मागेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार
कुपोषित बालबालिका खोज्दै टीकापुर नगरपालिका
२०८२ असार २४, मंगलबार