काठमाण्डौंः मौन अवधिमा मतदातालाई पैसा बाँडेको आरोपमा काठमाण्डौं ५ (ख)का एमाले उम्मेदवार दीपक निरौलासहित तीनजनालाई प्रहरीले करिब पाँच घन्टा नियन्त्रणमा लिएर छाडेको छ ।
उनीसँगै बुढानीलकण्ठ नगरपालिका– ६ का वडाध्यक्ष रवि खड्का र एमाले बुढानीलकण्ठ नगर कमिटीका अध्यक्ष प्रदीप डंगोललाई स्थानीयको उजुरीमा प्रहरीले शुक्रबार साँझ साढे ७ बजेतिर नियन्त्रणमा लिएको थियो । यो क्षेत्रमा प्रतिनिधिसभातर्फ एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्रतिस्पर्धामा रहेका छन् ।
स्थानीयबासीले उम्मेदवार निरौलासहितको टोलीले बुढानीलकण्ठ– ६ स्थित एक घरमा पैसा बाँडिरहेको खबर गरेपछि तत्काल प्रहरी पुगेको थियो । बा.२० च ९६८९ नम्बरको गाडी बाहिर राखेर उनीहरू घरभित्र रहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएर महाराजगन्ज वृत्तमा राखेको थियो । गाडी पनि नियन्त्रणमा लिइएको थियो । नियन्त्रणमा लिइएको तीनैजनालाई मध्यराति छाडिएको बताइएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया