असार ३२, २०८२ बुधबार July 16, 2025

काँग्रेस पहिलो पार्टी बन्छ : महामन्त्री शर्मा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मतदान गरेका छन्। प्रतिनिधिसभा सदस्यका लागि झापा क्षेत्र नम्बर १ मा गठबन्धनबाट साझा उम्मेदवार बनेका कांग्रेस महामन्त्री शर्माले मेचीनगर नगरपालिका ९ स्थित कविशिरोमणि मतदान केन्द्र (२) मतदान गरेका हुन्।

उनले आइतबार बिहान ९ बजेर १५ मिनेटमा मतदान गरेका हुन् । मतदानपछि सञ्चारकर्मीसँग बोल्दै शर्माले भने,  ‘देशभर गठबन्धनको उत्साहजनक माहौल छ । स्थानीय तहमा जसरी पहिलो पार्टी बन्न सफल भइयो, आम निर्वाचनमा पनि पहिलो पार्टी बन्छौं।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया