असार २१, २०८२ शनिबार July 5, 2025

मदन भण्डारी विश्वविद्यालयमा संरक्षकको खोजी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयमा संरक्षक समिति (बोर्ड अफ ट्रस्टी)मा रहन चाहनेको खोजी सुरु भएको छ ।

संरक्षक समितिका सदस्यको नाम सिफारिस गर्न सरकारले गठन गरेको समितिले संरक्षक समितिको सदस्यका रूपमा रहन चाहनेबाट आवेदन माग गरेको छ । काठमाडौँ विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुरेशराज शर्माको संयोजकत्वमा तीन सदस्यीय समिति (सर्च कमिटी) गठन गरिएको थियो ।

सोही समितिले संरक्षक समितिमा बस्न चाहनेबाट आवेदन माग गरेको हो । सर्च कमिटीमा भाषा आयोगका पूर्वअध्यक्ष डा. लवदेव अवस्थी र विश्व बैङ्कका पूर्वनिर्देशक डा. केनिची ओहासी सदस्य हुनुहुन्छ ।

संरक्षक समितिमा सदस्य बन्न इच्छुक व्यक्तिले मङ्सिर १५ भित्र आवेदन दिनुपर्नेछ । साथै संरक्षक समितिका लागि कुनै व्यक्ति योग्य छ भन्ने कसैलाई लागेमा त्यस्ता व्यक्तिले नाम पनि सिफारिस गर्न सकिनेछ । विश्वविद्यालयका सभापति प्राध्यापक राजेन्द्रध्वज जोशीले उक्त सिफारिसका आधारमा सर्च कमिटीले सिफारिस गरेका व्यक्तिका बारेमा अध्ययन गरी थप प्रक्रिया अघि बढाउने जानकारी दिनुभयो ।

मुलुकमै पहिलो पटक उपकुलपति नराख्ने प्रावधानसहित यो विश्वविद्यालय स्थापना हुन लागेको हो । उक्त विश्वविद्यालयको सर्वोच्च निकाय संरक्षक समिति हो । यसले विश्वविद्यालयको शैक्षिक, प्राज्ञिक, व्यवस्थापकीय तथा नीति र मापदण्ड स्वीकृत गर्ने, विश्वविद्यालयका लागि आवश्यक स्रोतसाधनको व्यवस्थापन गर्ने, विश्वविद्यालयलाई विश्वस्तरीय विश्वविद्यालयका रूपमा विकास गर्न अल्पकालीन तथा दीर्घकालीन योजना बनाउने काम गर्छ ।

त्यस्तै विश्वविद्यालयको वार्षिक, नीति, योजना तथा बजेट स्वीकृत गर्ने, विश्वविद्यालयलाई आवश्यक पर्ने नियम स्वीकृत गर्ने, विश्वविद्यालयले प्रदान गर्ने उपाधि निर्धारण र प्रदान गर्नेलगायतका काम पनि संरक्षक समितिले गर्ने विश्वविद्यालय स्थापनासम्बन्धी ऐनमा उल्लेख छ ।

विश्वविद्यालयको संरक्षक समितिमा १७ सदस्य रहने ऐनमा व्यवस्था छ । तीमध्ये  विश्वविद्यालय रहने क्षेत्रबाट प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभाका सदस्य, अर्थ र शिक्षा मन्त्रालयका सचिव तथा विश्वविद्यालय अनुदान आयोगका प्रतिनिधि सदस्य रहने व्यवस्था छ । गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘कुलिङ पिरियड’ प्रकरण : सात सदस्यीय छानबिन समिति बनाउन दलहरु राजी
२०८२ असार २१, शनिबार
वीरगञ्ज नाका : भटमासको कच्चा तेल आयात ५२ अर्ब बढी, निर्यात ५५ अर्ब
२०८२ असार २१, शनिबार
‘भुटान पिपुल्स पार्टी गिरिजाबाबुले खडा गर्नुभएको हो’ : डा. शेखर कोइराला
२०८२ असार २१, शनिबार
प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकूलता खोज्न जरुरी : प्रधानन्यायाधीश राउत
२०८२ असार २१, शनिबार
विवेकशील साझा पार्टीको कार्यवाहक अध्यक्षमा परियारलाई जिम्मेवारी
२०८२ असार २१, शनिबार
इजरायली हस्तक्षेपविरुद्ध पाँच वामपन्थी दलको साझा विरोध कार्यक्रम घोषणा
२०८२ असार २१, शनिबार
लक्ष्यभन्दा बढी राजस्व उठाउँदै भन्सार कार्यालय माडर
२०८२ असार २१, शनिबार