काठमाडौं । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले विदेशस्थित विभिन्न पाँच देशका लागि नेपाली राजदूत र मिसन प्रमुखहरुसँग आज भिडियो कन्फ्रेन्समार्फत् त्यहाँ रहेका नेपालीहरुको अवस्थाका बारेमा जानकारी लिएका छन ।
मन्त्री ज्ञवाली र दक्षिण कोरिया, दक्षिण अफ्रिका, जापान, मलेसिया र इजरायलस्थित नेपाली राजदूत र मिसन प्रमुखहरुसँग भिडियो कन्फ्रेन्स गर्दै ती देशमा रहेका नेपालीहरुमा कोरोना संक्रमण देखिए वा नदेखिएको जानकारी लिएका हुन।
ती देशमा रहेका नेपाली राजदूतहरुले अहिलेसम्म कोही नेपालीमा संक्रमण नदेखिएको जानकारी गराउँदै त्यहाँका सरकारहरुले यदि त्यस्तो संम्भावना भएमा आफ्नो देशसरहका नागरिक झै व्यबहार र उपचार गराउने प्रतिबद्धता जनाएको जानकारी गराएका छन ।
उनीहरुले नेपाली नागरिकहरुसँग कुनै किसिमको पनि भेदभाव नगर्ने प्रष्ट पारेको मन्त्री ज्ञवालीलाई जानकारी गराएका छन ।
त्यसक्रममा मन्त्री ज्ञवालीले कथंकदाचित समस्या आइपरे वा भिसा लगायत अन्य समस्या आईपरेमा भिसा अवधि बढाउन र दूताबासहरुमा हटलार्ईनको व्यबस्था गरी नेपालीहरुलाई जानकारी गराउने र सम्पर्कमा रहने गरी प्रबन्ध गर्न निर्देशन दिएका छन ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया