मंसिर २०, २०७९ मंगलबार December 6, 2022

सुनको मूल्य तोलामा एक हजार रुपैयाँ महङ्गियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः साताको पाँचौं दिन आज बिहीबार सुनको मूल्य एकै दिन तोलामा एक हजार रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा बिहीबार छापा वाला सुन तोलामा एक हजार रुपैयाँले बढ्दै ९७ हजार ८ सय रुपैयाँ पुगेको हो । अघिल्लो दिन छापा वाला सुन प्रतितोला ९६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा एक हजार रुपैयाँले नै बढ्दै ९७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यता चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्यमा तोलामा ३० रुपैयाँले बढ्दै एक हजार ३०५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया