असार २१, २०८२ शनिबार July 5, 2025

कक्षाकोठामा विज्ञानको प्रयोग गलत भएपछि…

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अष्ट्रेलियाको सिड्नी सहरको एक प्राथमिक विद्यालयको कक्षाकोठामा विज्ञानको प्रयोग गलत भएपछि कम्तीमा ११ विद्यार्थी घाइते भएका छन् ।

रिपोर्टहरूका अनुसार कम्तिमा दुई विद्यार्थीहरूलाई गम्भीर रूपमा जलेको अवस्थामा अस्पतालमा लगिएको छ । सोडियम बाइकार्बोनेट र मिथाइलेटेड स्पिरिटहरू समावेश गरिएको एक प्रयोग गर्दा हावाको प्रभावित गरेको थियो ।

मेन्ली वेस्ट पब्लिक स्कुलमा भएको सो घटनापछि हेलिकोप्टर, चिकित्सक र अग्नी नियन्त्रक पुगेका थिए । प्रयोग गरिरहेको रसायनलाई हावाले उडाइदिएको बताइएको छ । प्रयोगशालामा कक्षा १० देखि ११ वर्षका विद्यार्थी थिए । उनीहरूको अनुहार, शरिर, छाती , तल्लो पेट र खुट्टा जलेको सिड्नी मर्निङ पोस्टले जनाएको छ । एक जना शिक्षक पनि घाइते भएका छन् ।

घटनाबारे अभिभावकहरूले प्रश्न गर्दा  विद्यालयले चीजहरू  ‘नियन्त्रणमा’ रहेको जबाफ दिएको प्राप्त विवरणहरूमा जनाइएको छ । एक अभिभावकले यो ‘नियमित विज्ञान प्रयोग’ भएको भन्दै त्यसमा संलग्न शिक्षक ‘धेरै मायालु’ रहेको बताए ।

विद्यालयले कक्षाकोठाभिब ‘कार्बन सुगर स्नेक’ भनिने विज्ञान प्रयोग गरिरहेको अस्ट्रेलियाली सञ्चार माध्यमहरूले जनाएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपतिद्वारा यू-१६ क्रिकेट खेलाडीलाई बधाई
२०८२ असार २१, शनिबार
प्रधानमन्त्री ओलीद्धारा उपाधि जित्न सफल नेपाली क्रिकेट टोलीलाई बधाई
२०८२ असार २१, शनिबार
मुलुकमा गणतन्त्रको स्थापना गर्न स्व. कोइरालाको भूमिका महत्त्पूर्ण छः सभापति देउवा
२०८२ असार २१, शनिबार
देशभरका सात वटा सडक पूर्ण रूपमा अवरुद्ध
२०८२ असार २१, शनिबार
‘भ्रष्टाचारमा दलका नेता नै जोडिँदा लोकतन्त्रको बद्नाम भयो’ – सभामुख बिष्ट
२०८२ असार २१, शनिबार
आयुर्वेद उपचार पद्धतिलाई प्राथमिकता दिनुपर्नेमा जोड
२०८२ असार २१, शनिबार
एसीसी यू-१६ इस्ट जोन कपको उपाधि नेपालले जित्यो
२०८२ असार २१, शनिबार