मंसिर २०, २०७९ मंगलबार December 6, 2022

एसईईमा समावेश हुनका लागि आवेदन फाराम खुल्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले एसईईमा समावेश हुनका लागि आवेदन फाराम खुला गरेको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीद्वारा २०७९ सालमा सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई)मा समावेश हुनका लागि आवेदन फाराम खुला गरेको हो ।

शैक्षिक सत्र २०७९ मा कक्षा १० मा नियमित रुपमा अध्ययनरत विद्यार्थीहरु (माध्यमिक तहको खुला तथा वैकल्पिक विद्यालय, अनौपचारिक प्रोढ विद्यालय र प्राविधिक धार तर्फका विद्यालयमा अध्यनरत विद्यार्थीहरु समेत) ले मंसिर ८ गते देखि पौष १० गतेभित्र आवेदन फाराम भर्ने भराउन कार्यका लागि सम्बन्धित सबै शिक्षा विकास निर्देशनालय, राष्ट्रिय परीक्षा बोर्ड प्रदेश तथा शाखा कार्यालय, शिक्षा विकास तथा समन्वय इकाई, स्थानीय तहका शिक्षा शाखा, विद्यालय तथा विद्यार्थीलाई जानकारी गराएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया