श्रावण १, २०८२ बिहिबार July 17, 2025

कैलाली-१ मा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ विजयी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी विजयी भएकी छन्। कैलाली क्षेत्र नम्बर १ मा कांग्रेसका पूर्वमन्त्री रामजनम चौधरीलाई भारी मतान्तरले पराजित गर्दै रञ्जिता विजयी भएकी हुन् ।

रञ्जिताले १२ हजार बढी मतान्तरले रामजनमलाई पराजित गरेकी हुन्। रञ्जिताले ३० हजार ४०४ मत पाउँदा रामजनमले १८ हजार ८ मतमात्र ल्याए। एमालेका तपेन्द्र रावलले ५ हजार ९१० मत पाएका छन् ।

२०७४ को निर्वाचनमा यही क्षेत्रबाट रेशम चौधरी भारी मतले विजयी भएका थिए। तत्कालीन राष्ट्रिय जनता पार्टीबाट रेशमले एमालेकी गरिमा शाहलाई २० हजार बढी मतान्तरले पराजित गरेका थिए । त्यस्तै कैलाली १ को प्रदेशसभातर्फ दुवै सिट नागरिक उन्मुक्तिले जितेको छ। प्रदेशसभातर्फ लक्ष्मण चौधरी र कैलालश चौधरी विजयी भएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया