चैत्र १५, २०८० बिहिबार March 28, 2024

नयाँ सरकार गठनको खेल सुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतपरिणाम आउँदै गर्दा सत्तारूढ गठबन्धनको भविष्यसमेत अन्योलतर्फ अघि बढेको छ । यो अन्योलताकाबीच फेरि नयाँ सरकार गठनका लागि खेल सुरु भइसकेको छ ।

नेपाली कांग्रेस प्रतिनिधि सभातर्फ पहिलो नम्बरको रफ्तारमा अघि बढिरहँदा सत्ता गठबन्धनमै रहेका अन्य दल भने परिणामबाट सन्तुष्ट रहन सकिरहेका छैनन् । यो असन्तुष्टिबीचमा नेकपा एमालेले समेत अवसर खोजिरहेको छ ।

उता कांग्रेसभित्र पनि नयाँ सरकार गठन’बारे विभिन्न नेताहरूले आन्तरिक छलफल थालेको स्रोतले जानकारी दिएको छ । निर्वाचनको प्रत्यक्ष र समानुपातिक तर्फका सबै परिणाम आएपछि नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्नेछ ।

सो अवस्थामा कांग्रेस र एमालेबीच पनि सरकार गठनमा सहमति हुन सक्ने दखिन्छ भने कांग्रेससहित हाल गठबन्धनमा रहेका दल वा एमालेसहित माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीको सरकार बन्ने अवस्था आउन सक्छ । त्यो अवस्थामा निर्वाचनमार्फत उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीसमेत निर्णायक हुने अवस्था आउन सक्छ । राजधानी दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
समृद्धिका लागि जनप्रतिनिधि र कर्मचारीको समन्वय अपरिहार्य : सञ्चारमन्त्री शर्मा
२०८० चैत्र १५, बिहिबार
दाङमा अटो दुर्घटना हुँदा ३ जना घाइते
२०८० चैत्र १५, बिहिबार
कांग्रेसमा खुसी ल्याउन आवश्यक छः महामन्त्री थापा
२०८० चैत्र १५, बिहिबार
बेलायतसँग थप समन्वय र सहकार्यको अपेक्षा छ : गृहमन्त्री लामिछाने
२०८० चैत्र १५, बिहिबार
रूसी सेनाको विमान क्रिमियाली क्षेत्रमा दुर्घटनाग्रस्त
२०८० चैत्र १५, बिहिबार
एमाले उदयपुरको अध्यक्षमा भागवत राउत निर्वाचित
२०८० चैत्र १५, बिहिबार
गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिता : सुष्मा र अस्मिता सेमिफाइनलमा
२०८० चैत्र १५, बिहिबार