श्रावण ७, २०८२ बुधबार July 23, 2025

चीनमा बनेका सर्भेलियन्स क्यामेरा बिक्रीमा प्रतिबन्ध लगाउने तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : संयुक्त राज्य अमेरिकाले चिनियाँ कम्पनी ह्वावे र जेडटीईले बनाएको सञ्चार उपकरणको बिक्रीमा प्रतिबन्ध लगाउने तयारी गरेको छ ।

चीनका उपकरणहरू प्रयोग गर्नु देशको लागि घातक हुनसक्ने भन्दै अमेरकाले अन्य उपकरणसँगै चीन-निर्मित भिडिओ निगरानी प्रणालीहरूको (सर्भिलियन्स क्यामेरा) प्रयोगमा पनि प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

चीनको उपकरणहरूले अमेरिकाको महत्वपूर्ण पूर्वाधारमा सुरक्षा जोखिम निम्त्याउने बहाना देखाउँदै अमेरिकाले चीनको उपकरण अमेरिकामा बिक्री गर्न प्रतिबन्ध गर्ने निर्णय लिएको हो । देशले पूर्ण रुपमा प्रतिबन्ध लगाउने विषयमा केही नबोले पनि निश्चित प्रविधि उत्पादनहरूको आयात वा बिक्रीमा रोक लगाउने बताइएको छ ।

पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पबाट सुरु भएको र राष्ट्रपति जो बाइडेनको प्रशासनमा जारी रहेको चिनियाँ प्रविधिमा अमेरिकी प्रतिबन्ध अझै पनि चलिरहेको छ ।

ह्वावे र जेडटीई सँगसँगै हाइकभिजन र डाउहाले निर्माण गरेको उपकरणहरू पनि प्रतिबन्ध गराउने अमेरिकाको तयारी छ । यी दुवै कम्पनीले सर्भेलियन्स क्यामेरा निर्माण गर्ने गर्छन् । टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया