काठमाडौँ । सरकारले कोरोना भाइरसको संक्रमणबाट बच्न लक डाउनको अवधि बढाउने विषयमा छलफल भइएको छ।
शुक्रबार सिंहदरबारमा बसेको उच्च स्तरीय समन्वयन समितिको बैठकले एक हप्ताका लागि घोषणा गरेको लक डाउनको अवधि बढाउने विषयमा तयारी थाल्न सम्बन्धित मन्त्रालयहरुलाई निर्देशन दिइएको हो।
सरकारले हालका लागि चैत ११ देखि १८ गतेसम्मका लागि लक डाउने गर्ने निर्णय गरेको छ। पछिल्लो समय हवाइ तथा स्थल मार्गबाट स्वदेश फर्किएका व्यक्तिहरुको स्वास्थ्य परीक्षण गर्ने र उनीहरुको रिपोर्ट आइन्जेलसम्म लक डाउनलाई निरन्तरता दिनुपर्ने निष्कर्षमा समिति पुगेको हो।
कति समय थप्ने भन्ने विषयमा औपचारिक निर्णय नभएको एकमन्त्रीले जानकारी दिएका छन। छिमेकी भारतले तीन हप्ताका लागि लक डाउन गरिसकेको अवस्थामा नेपालले पनि त्यहीअनुसार लक डाउनको अवधि थप्नु पर्ने आवाज उठेको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया