असार २४, २०८२ मंगलबार July 8, 2025

आफ्नै कुकुरले अन्जानमा कुल्चिएकाे बन्दुकबाट गोली चल्दा…

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः टर्कीमा एक ३२ वर्षीय व्यक्तिकाे आफ्नै कुकुरले अन्जानमा कुल्चिएकाे बन्दुकबाट  गोली चल्दा  मृत्यु भएकाे छ । कुकुरले बन्दुक पड्काउने ठाउमा कुल्चिदा ती व्यक्तिलाई गोली लागेको थियो । साम्सुन प्रान्तमा  साथीसँग शिकार गर्न गएको बेला किजलान पठारमा ओज्गुर गेभ्रेकोग्लु मारिएका थिए ।

आफ्नो कुकुरलाई कारमा हाल्ने क्रममा जनावरको पन्जाले लोड गरिएको हतियारलाई छोयो र राइफलले गेभ्रेकोग्लुलाई छोटो दूरीबाट फायर गरेको थियो । घटना लगत्तै उनलाई अस्पताल लगिएको थियो जहाँ अस्पतालले उनलाई मृत घोषित गरेको थियो ।

गेभ्रेकोग्लुको शवलाई अलाकम स्टेट अस्पतालको शवगृहमा राखिएको र उनको मृत्यु बारेमा थप अनुसन्धान भइरहेको छ ।

घटनाको १० दिनअघि मात्रै उनी बुबा बनेका थिए । गेभ्रेकोग्लुले पहिले अन्य शिकार यात्राहरूमा धेरै कुकुरहरूसँग सोशल मिडियामा तस्बिरहरू पोस्ट गरिसकेका डेली मेलले रिपोर्ट गरेको छ ।

घटनाबारे प्रहरी र अभियोजनकर्ताले अनुसन्धान गरेका छन् । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया