श्रावण ७, २०८२ बुधबार July 23, 2025

तीन चिनियाँ अन्तरिक्ष यात्री तियानगोङ अन्तरिक्ष स्टेसनतर्फ प्रस्थान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः तीन चिनियाँ अन्तरिक्ष यात्रीहरू आफ्नो पहिलो इन–अर्बिट चालक दल हस्तान्तरण गर्न तियानगोेङ अन्तरिक्ष स्टेसनका लागि प्रस्थान गरेका छन् ।

नासाको नेतृत्वमा रहेको अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनपछि  स्थायी रूपमा बसोबास गर्ने यो दोस्रो अन्तरिक्ष चौकी हुनेछ जसबाट चीनलाई सन् २०११ मा हटाइएको थियो ।  नयाँ टोली छ महिनासम्म स्टेसनमा बस्नेछ ।

६वटा अन्तरिक्ष यात्रीहरू राख्नको लागि स्टेशनको क्षमता परीक्षण गर्न त्यहाँ एक हप्ता लामो हस्तान्तरण अवधि हुनेछ । नयाँ चालक दल मंगलबार उत्तर–पश्चिम चीनको गोबी मरुभूमिमा रहेको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट शेन्झाउ–१५ अन्तरिक्ष यान वा ‘डिभाइन भेसल’ मा प्रस्थान गर्यो ।

 

यो स्टेशनलाई जम्मा गर्न आवश्यक ११ मिसनहरू मध्ये अन्तिम हो जुन लगभग एक दशकसम्म सञ्चालन हुने र करिब शून्य गुरुत्वाकर्षणमा प्रयोगहरू चलाउने अपेक्षा गरिएको छ ।- एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया