असार २६, २०८२ बिहिबार July 10, 2025

लकडाउन अवधि एक साता थप्न सिफारिस

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउनको अवधि एक साता थप्न सरकारलाई सिफारिस गरेको छ।

समितिको आइतबार बसेको बैठकले ७ दिन लकडाउन थप्न सरकारलाई सिफारिस गरेको हो। अब चैत २५ गतेसम्म लकडाउन हुनेछ।

केही बेरअघि सकेको उच्चस्तरीय समन्वय समितिको बैठकमा लक डाउनको अवधि बढाउने विषयमा सबै मन्त्रीहरु सहमत भए पनि थप्ने भन्ने विषयमा मन्त्रिरिषद्ले निर्णय गर्ने भएको हो।

मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ।

समितिको निर्णयबारे जानकारी गराउँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीले भारतसँग मिल्दोजुल्दो हुने गरी लक डाउनको समय थपिन सक्ने बताएका छन। समन्वय समितिले अप्रिल १५ सम्म अन्तर्राष्टिय हवाइ उडान स्थगितलाई निरन्तरता दिने निर्णय गरेको बताएका छन।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया