चैत्र १६, २०८० शुक्रबार March 29, 2024

भैरहवामा अन्तर विद्यालय टि-२० क्रिकेट प्रतियोगिता मंसिर १८ देखीहुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जिल्लास्तरीय अन्तर विद्यालय टि–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । सिद्धार्थ क्रिकेट मैदानामा मंसिर १८ देखि २४ गतेसम्म स्व.शेरबहादुर सेन्चुरी मेमोरियल अन्तरविद्यालय स्तरीय टी–२० क्रिकेट प्रतियोगिता हुने भएको हो ।

विद्यार्थी क्रिकेट खेलाडीहरुमा भएको क्षमताको विकास गर्न र विद्यालयस्तरबाटै खेलाडी उत्पादनमा सहयोग पुर्‍याउने उद्देश्यले जिल्लाका  १३ विद्यालयको सहभागितामा प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले शनिबार भैरहवामा पत्रकार सम्मेलन गरी जानकारी दिएका छन् ।

कक्षा कोठाको सिकाइमात्रै नभई  विद्यार्थीको अतिरिक्त क्रियाकलापमा पनि विकास गर्न जरुरी  हुन्छ । विद्यार्थी प्रति बढेको क्रिकेटको मोहलाई ध्यानमा राखेर नै संघले संचालन गर्दै आएको यो प्रतियोगिता कोभिड महामारीले रोकिए पनि अहिले निरन्तरता दिइएको अध्यक्ष हरिबहादुर थापाले बताए ।

मुख्य प्रायोजक बिके ज्वेलर्स रहेको प्रतियोगिताको विजेता टिमले नगद ३० हजार, उपबिजेता टिमले नगद १५ हजार रुपैयाँ र ट्रफी प्रदान गरिने  खेल संयोजक उदयकुमार मल्लिकले जानकारी दिए ।

यस्तै म्यान अफ द सिरिजलाई ५ हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानलाई दुई हजार ५ सय, प्रत्येक खेलको म्यान अफ द म्याचलाई ५ सय रुपैयाँ प्रदान गरिने छ । प्रतियोगिताको अन्तिममा अनुशासित खेल प्रदर्शन गर्ने एक टिमलाई पनि पुरस्कृत गरिने आयोजकले जानकारी दिएका छन् ।

प्रतियोगितामा साई ग्लोबल स्कूल एभरेष्ट इङ्गलिस बोर्डिङ स्कूल, होराइजन, बुद्धज्योति, नवज्योति, काशी नोबल, लुम्बिनी शिक्षा निकेतन, न्यू होराइजन, जेसिस, शनसाइन, शान्ति नमूना, देबदह बुद्ध, ग्रिनप्लान्ट गरी १३ विद्यालय सहभागी हुनेछन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया