वैशाख १४, २०८१ शुक्रबार April 26, 2024

सुर्खेतमा जिप दुर्घटना हुँदा ६ जना घाइते, १ जनाको अवस्था गम्भीर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सुर्खेतमा जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । सुर्खेतको बराहताल गाउँपालिका -८ दमारे नजिकै शनिबार राति जीप दुर्घटना हुँदा ६ जना घाइते भएका हुन् ।

जीपमा सवार १० जना मध्ये ६ जना घाइते भएका र १ जनाको अवस्था गम्भीर रहेको प्रहरी चौकी बांगेसिमलले जनाएको छ ।

घाइतेमध्ये ३ जनाको सुर्खेत जिल्ला अस्पतालमा उपचार भइरहेको छ  भने ३ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् ।

जिप चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । कालिकोटबाट सुर्खेततर्फ जाँदै गरेको भे १ ज १००५ नम्बरको जिप शनिबार राति ८ बजे अनियन्त्रित भई सडकबाट झण्डै १५ मिटर तल खसेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया