वैशाख २३, २०८१ आइतबार May 5, 2024

युवती भगाएको विषयमा धनुषाको पौडेसर तनावग्रस्त

प्रहरीले आफ्नो छोरीहरू खोज्न पहल नगरेको र केटा पक्षले पनि छोरीहरू खोजी नगरेको भन्दै केटी पक्ष आक्रोशित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

धनुषा ।  धनुषाको औरही गाउँपालिकाको पौडेसर तनावग्रस्त भएको छ ।

प्रहरीका अनुसार करिब दुई साता अघि दुई जना युवकले दुई जना युवती भगाएर लगेको विषयमा अहिलेसम्म दुवै जोडी नआएपछि छोरी पक्षले बिहानैदेखि सडकमा टायर बालेर प्रदर्शन गरेका थिए ।

पौडेसरका दुई जना युवतीलाई हंसपुर नगरपालिका–४ का दुई जना युवकहरूले भगाएर लगेको र उनीहरु परिवारको सम्पर्कमा अहिलेसम्म नरहेको बताइएको छ । प्रहरीले आफ्नो छोरीहरू खोज्न पहल नगरेको र केटा पक्षले पनि छोरीहरू खोजी नगरेको भन्दै केटी पक्ष आक्रोशित बनेको हो ।

प्रदर्शनका क्रममा प्रदर्शनकारीले प्रहरीको गाडीमा ढुङ्गा हानेर सिसा फुटाई दिए पछिको स्थिति तनावग्रस्त बनेको थियो । प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रुग्याँस प्रहार गरेको जनाएको छ । प्रहरीले अहिले स्थिति नियन्त्रणमा आएको बताएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया