वैशाख १४, २०८१ शुक्रबार April 26, 2024

नुवाकोटबाट बन्दुकसहित वृद्ध पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः अवैध रूपमा राखिएको बन्दुकसहित एक वृद्धलाई प्रहरीले नुवाकोटबाट पक्राउ गरेको छ ।

शिवपुरी गाउँपालिका–३ नयाँगाउँ घर भएका स्थानीय ६० वर्षीय हर्कबहादुर तामाङलाई दुई थान भरूवा बन्दुक र त्यसमा प्रयोग गरिने करिव एक किलोग्राम बारूदसहित पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

उनलाई विदुरस्थित प्रहरी कार्यालयको हिरासतमा राखिएको प्रहरी नायव उपरीक्षक रूपक खड्काले जानकारी दिए । डीएसपी खड्काका अनुसार विशेष सूचनाका आधारमा पक्राउ गरिएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया