वैशाख १४, २०८१ शुक्रबार April 26, 2024

दोलखा प्रतिनिधिसभामा माओवादीका उम्मेदवार गंगा कार्की निर्वाचित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः दोलखाबाट प्रतिनिधिसभा सदस्यमा गठवन्धनका उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका गंगा कार्की विजयी भएका छन् । एमालेका बालकृष्ण शिवाकोटीलाई पराजित गर्दै कार्की दोलखाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

कार्कीले ३६ हजार नौ सय ९५ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी बालकृष्ण शिवाकोटीले ३६ हजार चार सय ७७ मत पाएका छन् । उनीहरुबीचको मतान्तर तीन सय १८ रहेको छ । क्षेत्र नम्बर १ मा पछि परेका शिवाकोटीले क्षेत्र २ मा कार्कीको भन्दा राम्रो मत पाएपनि जित्न सकेनन् । उनलाई बैतेश्वर र तामाकोशीको भार घटाएर थप मत प्राप्त गर्न सकस भएको हो ।

प्रदेशसभातर्फ भने आइतवार नै क्षेत्र १ मा कांग्रेसका केन्द्रीय सदस्य कुण्दनराज काफ्ले र २ बाट एमालेका भरत केसी निर्वाचित भइसकेका छन् । काफ्लेले भारी मतान्तरले एमालेका नरबहादुर श्रेष्ठलाई पराजित गरेका छन् भने केसीले कांग्रेसका बर्मा लामालाई पछि पार्दै जित निकालेका हुन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया