वैशाख १४, २०८१ शुक्रबार April 26, 2024

विश्वविद्यालयमा प्राध्यापक अभाव, पठनपाठन प्रभावित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः दाङको बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय आयुर्वेद विद्यापिठमा आयुर्वेद चिकित्सामा स्नातक तह (बिएएमएस) अध्यापनका लागि ५१ प्राध्यापक चाहिन्छ । तर अहिले पाँच–सात जना प्राध्यापकले मात्रै पढाइरहनुभएको छ । सीमित प्राध्यापक हँदा नियमित पढाइ पनि नहुने र एउटा प्राध्यापकले आफ्नो विषयभन्दा बाहिरको विषय पढाउँदा गुणस्तर पनि निकै कमजोर रहेको विद्यार्थीहरूको गुनासो छ ।

“अहिले ११ ब्याचसम्मको पढाइ भइरहेको छ, तर अहिलेसम्म पनि सीमित शिक्षक हुनुहुन्छ, लगानी धेरै हुन्छ, तर हाम्रो पढाइ एकदम कमजोर छ”, विद्यार्थी अभय प्रताप चौबले भन्नुभयो, “म कैलालीबाट बिएएमएस पढ्न पनि आएको हुँ, तर यहाँको पढाइ निकै कमजोर रहेछ ।” एउटा प्राध्यापकले १२  पिरियड पढाउनुपर्नेमा २५–३०  पिरियड पढाइरहेको उहाँले बताउनुभयो ।

त्यस्तै झापाबाट बिएएमएस पढ्न आउनुभएका प्रदीप दाहालले पनि क्याम्पसमा पढ्ने वातावरण सहज नभएको बताउनुभयो । “प्राध्यापकले आफ्नो विषयभन्दा बाहिरको विषय पढाउनुहुन्छ, त्यो पनि पढाइले गुण्स्तर सिकाइ भएकोे छैन”, उहाँले भन्नुभयो, “एक हप्तादेखि हामी कलेज नै गएका छैनौँ”, उहाँ नवौँ ब्याचको विद्यार्थी हुनुहुन्छ ।

त्यस्तै कैलालीकी रिया भण्डारी गएको भदौमा ११औँं ब्याचको रूपमा आउनुभयो । तर उहाँले नियमित कक्षा लिएदेखि अहिलेसम्म धेरै विषय पढाइ नै भएका छैनन् । “म पहिलो दिन भर्ना हुँदा नै आन्दोलनको ‘फेस’ गर्नुपरेको थियो”, उहाँले भन्नुभयो, “चिफ सरको एउटा कलास छ, त्यो कलास एक दिन भयो, त्यसपछि उहाँ कलासमा नै आउनुभएको छैन ।”

पदार्थ विज्ञान एक दिनमात्रै पढाइ भएको उहाँले बताउनुभयो । त्यस्तै तीनवटा विषयको अहिलेसम्म पढाइ नै सुरु भएको छैन । अहिले संस्कृतका केही कक्षामात्रै चलिरहेको भन्दै यस्तो पाराले सिकाइ प्रभावकारी नहुने उहाँको भनाइ छ । “हामीलाई अहिले संस्कृतमात्रै घोकाइरहनुभएको छ, यस्तो पाराले हामी कसरी डाक्टर बन्ने हो”, उहाँले भन्नुभयो, “घोकेर पछि बिरामीलाई हामीले कसरी उपचार गर्ने, निकै गाह्रो भएको छ ।” पहिला पास भएर गएका डाक्टरले पनि एउटा सिरिञ्जसमेत लगाउन नजान्ने गरेको उहाँको भनाइ थियो ।

ओपिडीको पनि समस्या 

त्यस्तै विद्यार्थीले प्रयोगात्मकका लागि ओपिडीको पनि माग गरेका छन् । अहिलेसम्म ओपिडी नहुँदा विद्यार्थी कहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पुग्नुपर्ने कहिले प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरी जानुपर्ने अवस्था रहेको छ । डाक्टर पढाउने क्याम्पसको एउटा ओपिडी नहुनु दुःखद् कुरा भएको भन्दै यो समस्या पनि तत्काल समाधान गर्न विद्यार्थीको माग छ । प्रयोगात्मक नहुँदा पास भएर गए पनि बिरामीलाई सहज उपचार दिन नसकिने भन्दै क्याम्पसमै प्रयोगात्मकको सहज व्यवस्थापन हुन आवश्यक रहेको विद्यार्थी चौबले बताउनुभयो ।

विद्यार्थीले यो कार्यको विरोध जनाएका छन् । विद्यार्थीले विश्वविद्यालयको केन्द्रीय कार्यालय केन्द्रीय आयुर्वेद विद्यापिठ, अध्ययन संस्थान, परीक्षा नियन्त्रण कार्यालयमा पनि तालाबन्दी गरेका छन् । विद्यार्थीका यी मागप्रति आफू सकारात्मक रहेको विश्वविद्यालयका उपकुलपति यादवप्रसाद लामिछानेले बताउनुभयो ।

विसं २०७८ चैत १६ गते शिक्षकका लागि विज्ञापन खोलेको भए पनि तत्काल निर्वाचन आचरसंहिता लागेका कारण त्यो प्रक्रिया अघि नबढाउन सरकारले निर्देशन दिएपछि कार्य अगाडि बढ्न नसकेको उहाँले बताउनुभयो । अहिले विषयसँग सम्बन्धित शिक्षक नपाइने समस्या पनि रहेको उहाँको भनाइ छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जिल्ला लिग फुटबलको तेस्रो संस्करण वैशाख–१५ गतेदेखि
२०८१ वैशाख १४, शुक्रबार
पुलिस क्लब राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनलमा
२०८१ वैशाख १४, शुक्रबार
पूर्वाञ्चल विश्वविद्यालयः सात हजारभन्दा बढी विद्यार्थी दीक्षित
२०८१ वैशाख १४, शुक्रबार
खेल क्षेत्रको बजेट बढाउन जरुरी : डा. महत
२०८१ वैशाख १४, शुक्रबार
हस्तकला व्यवसायले आयात प्रतिस्थापनमा महत्त्वपूर्ण भूमिका खेल्ने : मन्त्री भण्डारी
२०८१ वैशाख १४, शुक्रबार
जनताका मुद्धालाई केन्द्रमा राख्दै कम्युनिष्ट आन्दोलनलाई एकतातर्फ लैजानुपर्छ : अध्यक्ष नेपाल
२०८१ वैशाख १४, शुक्रबार
६४ प्रतिशत महिला स्वास्थ्य स्वयंसेविकाको छैन स्वास्थ्य बिमा
२०८१ वैशाख १४, शुक्रबार