काठमाडौंः काठमाडौंको भृकुटीमण्डपमा ‘ईभी नेपाल एक्सपो–२०२२’ सम्पन्न भएको छ । यही मंसिर १६, १७ र १८ गतेसम्म सञ्चालन भएको एक्स्पोमा आईएमई इलेक्ट्रिक स्कुटरको स्टल ‘नम्बर १ स्टल’ घोषित भएको आयोजक एसडी एक्सपो मिडियाले जनाएको छ ।
आयोजकका अनुसार उक्त एक्स्पोमा आईएमई इलेक्ट्रिकले नेपाली बजारमा विक्री–वितरण गरिरहेको राफ्ट इलेक्ट्रिक स्कुटरका ३ मोडल डिस्प्ले गरिएको थियो । जसमध्ये सबैभन्दा बढी रेन्ज दिने राफ्ट इन्दस (सिंगल चार्जमा ३२० किलोमिटर) थियो । बाँकी दुई मोडलमा राफ्ट वारियर र राफ्ट जिस्पा थिए ।
कम्पनीका अनुसार राफ्ट इन्दस १००० र २००० वाट मोटर गरी दुई मोडलमा उपलब्ध रहेको छ । १००० वाटको इन्दसले सिंगल चार्जमा ३२० किलोमिटर रेन्ज दिने र २००० वाटको इन्दसले ३०० किलोमिटर रेन्ज दिने जानकारी गराइएको छ ।
उक्त स्कुटरमा रिभर्स गियर, डिजिटल डिस्प्ले, इन्डिकेटर बजर, अटोमेटिक चार्जर कट–अफ, किलेस स्टार्ट, थेफ्ट अलार्म, १० एम्पियर फास्ट चार्जिङ, पोर्टेबल ब्याट्री, फाएर फ्रूफ ब्याट्री र ३ ड्राइभिङ मोडलगायत फिचरहरु रहेका छन् ।
कम्पनीका अनुसार उक्त एक्स्पोमा १ हजार बढीले अवलोकन गरेका थिए, भने ५०० बढीले सोधपुछ गरेका थिए । यसका साथै ३ सय बढी अवलोकनकर्ताले राफ्ट स्कुटरको टेस्ट राइड गरेका थिए भने, ४३ वटा स्कुटर बुकिङ गरिएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया