असार २४, २०८२ मंगलबार July 8, 2025

स्वीडेनको एउटा चिडियाखानाले तीन वटा चिम्पाञ्जीलाई गोली हानेर किन मार्यो ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः स्वीडेनको एउटा चिडियाखानाले तीन चिम्पाञ्जीलाई गोली हानेर मारेको र अर्कोलाई घाइते बनाएको भन्दै चौतर्फी आलोचना भएको छ ।

फुरुभिकमा रहेको चिडियाखानाबाट भागेका चिम्पाञ्जीलाई चिडियाखानाकै कर्मचारीले गोली हानेर मारेको घटना सार्वजनिक भएपछि आलोचना भएको हो । उनीहरुलाई शान्त पार्ने कयौँ उपाय हुँदाहुँदै पनि गोली हानिएको प्रत्यक्षदर्शीले बताएका बीबीसीले जनाएको छ ।

चिडियाखाना बन्द रहेको अवस्थामा चिम्पाञ्जी लगायतका जनावर भागेपछि कर्मचारीले एकाएक गोली हानेका थिए । चिडियाखानाले भने विज्ञप्ति निकालेर चिम्पाञ्जीहरु धेरै नै खतरनाक भएको र मानिसहरुको ज्यान खतरा परेपछि गोली हानिएको दाबी गरेको छ । तर ३० वर्षसम्म जनावरहरूसँग काम गर्ने एक पूर्व केयरटेकरले चिडियाखानाले निकै अव्यावहारिक काम गरेको बताउनुभएको समाचारमा उल्लेख छ।

चिम्पाञ्जीलाई मारेको विरोधमा वर्षौँदेखि चिडियाखानालाई सहयोग गर्दै आएको लुन्ड विश्वविद्यालयले आफ्नो सहयोग बन्द गरेको छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया