श्रावण ६, २०८२ मंगलबार July 22, 2025

रियलमी टेन लाइनअपको नयाँ मोडेल ‘रियलमी टेन एस’ सार्वजनिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः रियलमी टेन सिरिजको नयाँ मोडेल सार्वजनिक भएको छ । कम्पनीले रियलमी टेन लाइनअपको नयाँ मोडेल ‘रियलमी टेन एस’ सार्वजनिक गरेको हो ।

यसअघि यो सिरिजको रियलमी टेन फोरजी, रियलमी टेन फाइभजी, रियलमी टेन प्रो र रियलमी टेन प्रो प्लस सार्वजनिक भइसकेको छ । अब भने यही सिरिजमा कम्पनीले नयाँ मोडेल सार्वजनिक गरेको हो ।

यो फोनमा मुख्य विशेषताका रूपमा ८ जीबी र्‍याम छ । प्रयाेगकर्ताले १२८ जीबी वा २५६ जीबीको इन्टर्नल स्टोरेज भेरियन्टमा फाेन खरिद गर्न सक्नेछन् । त्यस्तै इन्टर्नल स्टोरेजलाई १ टीबीसम्म बढाउन मिल्छ ।

फोनमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा सहितको डुअल क्यामेरा सेटअप छ । सेल्फीका लागि ८ मेगापिक्सेलको क्यामेरा छ । डाइमेन्सिटी ८१० चिप प्रयोग भएको फोनमा ९० हर्ज रिफ्रेस रेटसहितको ६.६ इन्चको फुल एचडी डिस्प्ले छ ।

त्यस्तै ३३ वाट फास्ट चार्जरसहित फोनमा ५,००० एमएएचको ब्याट्री दिइएको छ ।

चिनियाँ बजारमा यो फोनको मूल्य २५६ जीबी स्टाेरेज भेरियन्टकाे १,२९९ युआन (करिब २५ हजार रुपैयाँ) तोकिएको छ भने १२८ जीबी स्टोरेज भेरियन्टकाे मूल्य १,०९९ युआन (करिब २१  हजार रुपैयाँ) तोकिएको छ ।

नेपाली बजारमा पनि याे फाेन चाँडै उपलब्ध हुने अनुमान गरिएकाे छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गाजा, सिरियामा आक्रमणलाई ‘सुधार’ गर्न नेतान्याहुलाई ट्रम्पको निमन्त्रणा : ह्वाइट हाउस
२०८२ श्रावण ७, बुधबार
मुगुमा ४९ करोड ४६ लाख राजस्व संकलन
२०८२ श्रावण ६, मंगलबार
पाकिस्तानमा मनसुन प्रकोपः जनजीवन अस्तव्यस्त, सयौं प्रभावित
२०८२ श्रावण ६, मंगलबार
दुई किलो सुन र २४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ
२०८२ श्रावण ६, मंगलबार
मानवअधिकार प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध : मन्त्री चौरसिया
२०८२ श्रावण ६, मंगलबार
मुलुकमा सुशासन कायम हुन नसकेकै कारण गरिबी, बेरोजगारी र घुसखोरी बढ्यो : महासचिव भुसाल
२०८२ श्रावण ६, मंगलबार
भारतको उपराष्ट्रपति पदबाट जगदीप धनखरको राजीनामा, स्वास्थ्यलाई प्राथमिकता दिने निर्णय
२०८२ श्रावण ६, मंगलबार