काठमाण्डौः अष्ट्रेलियाका पूर्वप्रधानमन्त्री केभिन रुडलाई संयुक्त राज्य अमेरिकाका लागि अष्ट्रेलियाको राजदूत नियुक्त गरिएको छ । प्रधानमन्त्री एन्थोनी अल्बानिजले केभिन रुडको नियुक्तीलाई उत्कृष्ट बताएका छन् ।
‘पूर्वप्रधानमन्त्री र पूर्वविदेशमन्त्रीको रूपमा यो पद सम्हाल्न सहमत भएर उनले अष्ट्रेलियालाई ठूलो साख ल्याउनेछ’, प्रधानमन्त्री अल्बानिजले भने ।
धाराप्रवाह मन्डारिन बोल्ने रुडले सन् २०१३ मा राजनीति छाडेपछि चीनसँगको वैदेशिक सम्बन्धमा व्यापक रूपमा लेखेका र बोलेका छन् । केभिन रुड अष्ट्रेलियाका २६औं प्रधानमन्त्री हुन् । उनले सन् २०२३ को सुरुमा आफ्नो पदभार ग्रहण गर्ने छन् । एजेन्सी
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया