काठमाडौं । वैशाखमा सञ्चालन हुँदै आएको कक्षा ११ र १२ को परीक्षा रोक्ने कि नरोक्ने भन्ने विषयमा निर्णय गर्न आज (मंगलबार) दिउँसो राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दै छ।
आजको बैठकले परीक्षा रोक्ने वा नरोक्ने विषयमा निर्णय गर्ने शिक्षा मन्त्रालय स्रोतले जनाएको छ।
कक्षा १२ को परीक्षा आगामी वैशाख ८ र कक्षा ११ को वैशाख २१ गतेबाट गर्ने निर्णय यस अघि नै बोर्डले गरेको थियो।
कोरोना संक्रमण फैलिने डरको कारण सरकारले माध्यमिक शिक्षा परीक्षा (एसइई) स्थगित गरेको छ।
एसइई परीक्षा लकडाउन खुलेपछि मात्रै गर्ने भन्दै सरकारले विद्यार्थीलाई त्यही अनुसारको तयारी गर्न आग्रह गरेको छ।
एसइईसमेत रोकिएकाले कक्षा ११ र १२ को परीक्षासमेत रोकिने संभावना रहेको स्रोतले दाबी गरेको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया