असार २९, २०८२ आइतबार July 13, 2025

फिजीमा बैनिमारामाको शासन अन्त्य, नयाँ गठबन्धन सरकार गठनको तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः फिजियाका विपक्षी दलहरूले प्रधानमन्त्री फ्रान्क बैनिमारामाको करिब १६ वर्षको शासन अन्त्य गर्दै नयाँ गठबन्धन सरकार गठन गर्ने सहमति गरेका छन् । उनको फिजी फर्स्ट पार्टी र सिटिभेनी रबुकाको नेतृत्वमा रहेको प्रतिद्वन्द्वी पिपुल्स एलायन्स गत हप्ताको चुनावपछि गतिरोधमा परेका थिए ।

New chapter for Fiji - Rabuka to lead coalition | RNZ News

सरकार गठनका लागि किंगमेकर मानिएको सोसल डेमोक्र्याट लिबरल पार्टी (सोडेल्पा) ले अब रबुकालाई समर्थन गर्ने पक्षमा मत दिएको छ । ‘जनताले परिवर्तनको लागि मतदान गरेका छन् र हामीले उनीहरूलाई त्यो दिएका छौं’, उनले भने।

गठबन्धनको घोषणाको व्यापक क्षेत्रीय महत्व छ । दुवै पक्षले प्रशान्त क्षेत्रमा आफ्नो आर्थिक र कूटनीतिक चासोलाई निरन्तर बढाउँदै लगेको चीनसँगको सम्बन्धलाई चिसो पार्ने इच्छा व्यक्त गरेका छन् ।

नयाँ गठबन्धनका एक समर्थकले गठबन्धनको मतदानको नतिजा घोषणा भएपछि भने, ‘यो दमनकारी सरकारको १६ वर्ष भइसक्यो । ’एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया